संसारकै ठूलो रंगशाला बनाउँदै चीन
कोरोनाभाइरस (कोभिड–१९) का कारण विश्वभर खेलकुदका गतिविधि ठप्प छन् । कोरोनाले विशेषगरी युरोपको फुटबलमा ठूलो आर्थिक संकट ल्याएको छ ।
विश्वभरका फुटबल रंगशालाहरु खाली लडेका छन् । कतिपय रंगशाला कोरोना भाईरसविरुद्ध लड्नका लागि क्वारेन्टाइनमा परिणत भएका छन् । फुटबल खेल भइहाले पनि दर्शकविना खेलाइनु पर्ने बाध्यता छ ।
चीनबाट सुरु भएको कोरोनाले विश्वलाई सताइरहेको बेला उही चीन अहिले विश्वकै ठूलो रंगशाला बनाउन ब्यस्त छ । चीनले गोन्जाओमा विश्वकै ठूलो रंगशाला निर्माण कार्य सुरु गरिसकेको छ । फुटबल क्लब गोन्जाओ एभरगार्डले अहिले आफ्नै खर्चमा घरेलु मैदानमा रंगशाला बनाउन सुरु गरेको हो । एक दशमलव ३६ विलियन पाउन्ड लागतमा बन्ने रंगशालाको दर्शक क्षमता एक लाख २३ हजार सिट रहने छ ।
रंगशालामा दुई सय ६० भन्दा बढी सिट सिट क्षमताको छुट्टै अतिविशिष्ट (भिभिआईपी) बक्स बनाईने छ ।
रंगशालाको डिजाइन अमेरिकी नागरिक असन सयदले गरेका हुन् । कोरोना संक्रमणका कारण निर्माण कार्य केही ढिलो सुरु भएकोले लागत रकम अझै बढ्न सक्ने बताईएको छ । यसको निर्माणको जिम्मा पनि गोन्जाओ एभरगार्ड आफैले लिएको छ निर्माणको क्रममा रकम नपुग भएमा चीनको खेलकुद मन्त्रालयसँग सहयोग लिन सकिने छ । निर्माण कार्य सन् २०२२ मा सक्ने योजना छ ।
हालै मात्र भारतले गुजराजमा विश्वकै ठूलो रंगशाला निर्माण गर्न लागेको समाचार बाहिरिएको थियो । एक लाख १० हजार सिट दर्शक क्षमताको सरदार पटेल रंगशालाको निर्माण कार्य सुरु भएको केही महिना नवित्दै चीनले गोन्जाओमा सबैभन्दा ठूलो रंगशाला निर्माणको सुरुवात गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी