बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोभिड–१९ र स्वास्थ्यकर्मीको सुरक्षा

शनिबार, ०६ वैशाख २०७७, १३ : ३६
शनिबार, ०६ वैशाख २०७७

हालसम्म कोभिड—१९ ले विश्वभरी  एक्काइस लाख ८४ हजारभन्दा बढी मानिसलाई सङ्क्रमण गरेको छ । करिब एक लाख छयालीस हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । चीनको उहानबाट सुरु भएको यस तेस्रो विश्वयुद्धसरी कोभिड–१९ को महामाहारीले विश्वका सबै देशलाई छोइसकेको छ । सङ्क्रमणबाट बच्न करिब ३ अरब जनसङ्ख्या घरभित्र बन्दी भएर बस्न बाध्य छन् भने अर्कोतिर स्वास्थ्यकर्मीहरु यो जोखिम मोलेर काममा जानुपर्ने बाध्यता रहेको छ ।

सुरुका दिनमा  चिकित्सा जगतमै यस रोगको अनभिज्ञताले चीनमा महामारीको रूप लियो ।  धेरै दिनसम्म त यो रोग मानिसबाट मानिसमा समेत सर्छ भन्ने थाहा थिएन । यही अनभिज्ञताको बीचमा कैयौँ मानिस र स्वास्थ्यकर्मीलाई यस रोगले सङ्क्रमण गर्यो । अर्को कुरा सङ्क्रामक मानिसको सम्पर्कमा आएको कुनै पनि बस्तु, सतहमा स्वस्थ मानिस सम्पर्कमा आउँदा यस रोगको सङ्क्रमण हुन सक्छ भन्ने कुराको तथ्य पनि पछि खुल्न आयो । विस्तारै विस्तारै यस रोगको सङ्क्रमण गर्ने दर करिब ३ देखि ४ गुणा रहेको कुरा तथ्य बाहिर आयो । चीनमा यस रोगका विभिन्न तथ्यहरु बाहिर आइरहँदा यसले महामारीको रूप लिइसकेको थियो ।


कोभिड—१९ को सुरुदेखि हालसम्म विकसित घटनाक्रम केलाउँदा यस रोगको व्यवस्थापनको अग्रपङ्क्तिमा रहने स्वास्थ्यकर्मी नै सबैभन्दा बढी जोखिममा आए र  सङ्क्रमित भए र कैयौँको मृत्युसमेत भयो ।


अप्रिल ८, २०२० को विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार  विश्व भरी २२ हजारभन्दा बढी स्वास्थ्यकर्मीहरु कोभिड—१९ बाट सङ्क्रमण भइसकेका छन् ।  अप्रिल १५ को सीडीसी अमेरिकाको रिपोर्टअनुसार अमेरिकामा मात्र १० हजारभन्दा बढी स्वास्थ्यकर्मी यस रोगबाट सङ्क्रमित भएका छन् । यी पछिल्ला तथ्याङ्क अनुसार पैंतिस हजारदेखि चालिस हजारसम्म स्वास्थ्यकर्मी यस रोगबाट सङ्क्रमित भएको सजिलै अनुमान गर्न सकिन्छ । कोभिड—१९ को सुरुदेखि हालसम्म विकसित घटनाक्रम केलाउँदा यस रोगको व्यवस्थापनको अग्रपङ्क्तिमा रहने स्वास्थ्यकर्मी नै सबैभन्दा बढी जोखिममा आए र  सङ्क्रमित भए र कैयौँको मृत्युसमेत भयो । चीनमा यस रोगको जोखिमता र गाम्भीर्यताबारे आफ्ना चिकित्सा जगतका सहपाटीसँग सर्वप्रथम पूर्वजानकारी गराउने  नेत्र चिकित्सक ली वेन्लिङ कोराना सङ्क्रमित बिरामीको उपचार गर्ने सिलसिलामा आफैं सङ्क्रमण भए र रोगलाई जित्न सकेनन् र  उनको मृत्यु भयो । त्यसपछि अन्य थुप्रै स्वास्थ्यकर्मीहरु यस रोगबाट सङ्क्रमित भए । मार्चको पहिलो हप्तासम्ममा चीनमा मात्र करिब ३३०० भन्दा बढी  स्वास्थ्यकर्मीहरु कोभिड—१९ बाट सङ्क्रमित भएका छन् । यसरी ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मी पनि सङ्क्रमित हुन थालेपछि एक समय यस्तो आयो कि उहानमा झण्डै झण्डै स्वास्थ्य प्रणाली असफल भएको अवस्था थियो । त्यहाँका स्वास्थ्य अधिकारीहरुलाई सायद यस युद्धमा विजय प्राप्त गर्न सकिँदैन कि भन्ने सन्देहसमेत रहेको थियो । इटालीको अवस्था त निकै भयानक छ । त्यहाँका सम्पूर्ण स्वास्थ्यकर्मीको ११ प्रतिशत कोभिड—१९ बाट सङ्क्रमित छन् । अझै अर्को कुरा आफ्नै समकक्षीको मृत्युले एउटा स्वास्थ्यकर्मीलाई निकै पीडा बोध गराउँछ । यो भनेको युद्धमा सैनिक घाइते भए जस्तै हो । युद्धमा घाइते भएका सैनिकको उपचार पनि हुन सक्छ तर यसको उपचार पनि छैन ।  यसमा त स्वास्थ्यकर्मीको  शरीरको भित्री शक्तिले भाइरसलाई जितेको अवस्थामा मात्र ऊ सञ्चो भएर काममा फर्किन सक्छ नत्र त्यही रोगका कारण आफ्नो देह त्याग गर्दछ ।


स्वास्थ्यकर्मी अन्य रोगहरु लागेको अवस्थामा स्वास्थ्य सेवा दिन सक्छ तर यो यस्तो सङ्क्रमण हो जसमा स्वास्थ्यकर्मीलाई सङ्क्रमण देखिने वित्तिकै स्वास्थ्य सेवा दिन पाउँदैनन् र उनीहरुलाई बिदा दिनुपर्ने र कहिले काही त उक्त स्वास्थ्य संस्थाका सबै स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी समेतलाई क्वारेन्टाइनमा समेत राख्नुपर्ने हुन्छ । उक्त अवस्थामा स्वास्थ्य सेवा प्रवाहलाई निरन्तरता दिन अर्को टिमले त्यसको ठाउँ ओगट्नुपर्ने हुन्छ ।


स्वास्थ्य प्रणालीका ६ वटा अङ्गमध्ये स्वास्थ्यकर्मी एक महत्त्वपूर्ण र अभिन्न अङ्ग हो जसको परिकल्पना बिना स्वास्थ्य प्रणाली तथा स्वास्थ्य सेवा प्रवाहको परिकल्पना समेत गर्न सकिँदैन ।  अर्को कुरा स्वास्थ्यकर्मी अन्य रोगहरु लागेको अवस्थामा स्वास्थ्य सेवा दिन सक्छ तर यो यस्तो सङ्क्रमण हो जसमा स्वास्थ्यकर्मीलाई सङ्क्रमण देखिने वित्तिकै स्वास्थ्य सेवा दिन पाउँदैनन् र उनीहरुलाई बिदा दिनुपर्ने र कहिले काही त उक्त स्वास्थ्य संस्थाका सबै स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी समेतलाई क्वारेन्टाइनमा समेत राख्नुपर्ने हुन्छ । उक्त अवस्थामा स्वास्थ्य सेवा प्रवाहलाई निरन्तरता दिन अर्को टिमले त्यसको ठाउँ ओगट्नुपर्ने हुन्छ । खासगरी स्वास्थ्य प्रणाली कमजोर भएका अल्प विकसित देशहरुका लागि यो अवस्था भनेको निकै चुनौतीपूर्ण अवस्था हो र कठिन बाटो पनि । स्वास्थ्यकर्मी सङ्क्रमण हुने अवस्था आउनुमा मुख्य मुख्य कारणहरु यस प्रकार छन् :

क) पीपीई (व्यक्तिगत सुरक्षा सामग्री) सँग सम्बन्धित

१. स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)को अभावः

विश्वव्यपी रूपमा पीपीईको अभाव रहेको अवस्था छ । स्वास्थ्यकर्मीहरु यस अभावको बीचमा पनि स्वास्थ्य सेवा दिन बाध्य छन् । यसले गर्दा स्वास्थ्यकर्मीहरु सङ्क्रमणको उच्च जोखिममा  परेका छन् ।

२. पीपीई उपलब्ध भए पनि गुणस्तरीय पीपीई नहुनु :

विश्वव्यापी अभावको यस अवस्थामा नहुनुभन्दा कानो मामा नै ठीक भन्ने मान्यताबाट अगाडि बढ्दै स्वास्थ्यकर्मीका लागि सुरक्षा साधनको व्यवस्थापन भइरहेको छ । यसका लागि उपलब्ध साधन स्रोतको प्रयोग गरी स्थानीय स्तरमा नै निर्माण गरिएका सामग्रीहरु कम गुणस्तर युक्त हुनु स्वाभाविकै हो । कुनै राष्ट्रिय—अन्तर्राट्रिय मापदण्डबाट गुणस्तरको परीक्षण नगरेर नै स्वास्थ्यकर्मीेले प्रयोग गरिरहेका छन् । अर्को कुरा पहिलादेखि नै निर्माण गर्ने मान्यता प्राप्त कम्पनीहरुहरुले समेत विश्वव्यापी अत्यधिक मागलाई पूर्ति गर्न गुणस्तरमा सम्झौता गरेको हुन सक्छन् । यस्ता सामग्रीले स्वास्थ्यकर्मीलाई पर्याप्त सुरक्षा नदिन सक्छ ।

३. पीपीई पर्याप्त मात्रामा नहुनु :

पीपीई को उपलब्ध भए पनि पर्याप्त मात्रामा नहुँदा सबै स्वास्थ्यकर्मीले प्रयोग गर्न पाउँदैनन् । कोरोना उपचार गर्ने स्वास्थ्य संस्थामा कम्तीमा पनि एउटा सिफ्टमा खटाइने स्वास्थ्यकर्मीहरुको दुई गुणा र त्यति मात्रामा स्टकपाइल पनि हुनु पर्छ ।

४. स्वास्थ्यकर्मी, व्यवस्थापक र उच्च राजनीतिक तहबाट जोखिमलाई नजरअन्दाज गरी लापरवाही गर्नु :

नेपालमा सामाजिक सञ्जालमा स्वास्थ्यकर्मी तथा पेसागत सङ्घसङ्गठनहरुले यसको व्यवस्थापनका लागि थुप्रै आवाज उठाएको देखिन्छ । यति हुँदाहुँदै पनि स्वास्थ्यकर्मी तथा अस्पताल प्रशासन सबै एकै खालका हुँदैनन् । केही प्रतिशत मानिसहरु समस्यालाई बेवास्ता गर्ने खालका हुन्छन् भने केही मानिसहरु चुप लाग्ने खालका हुन्छन् । अझ केही मानिसहरु अरुलाई जेसुकै होस भन्ने ठान्ने र पीपीईको व्यवस्थापनमा व्यवधान गर्ने खालका पनि हुन्छन् । हामीलाई थाहा भएकै कुरा हो समस्यालाई बेवास्ता गरेर त्यसको दिगो समाधान हुँदैन । त्यसका लागि कुनै न कुनै तरिकाले सामना गर्नै पर्छ । चुप बसेर पनि यो उच्चतम जोखिमको बेला हामी आफूलाई तथा बिरामीलाई सुरक्षित राख्न सक्दैनौँ । महामारीले निम्त्याएको यस सङ्कटको अवस्थाको समाधान भनेको हामी सबै मिलेर रोगको गाम्भीर्यतालाई हेरी पीपीई तथा अन्य व्यवस्थापनको लागि हामी सबैको आवाज बुलुन्द हुनुपर्छ । त्यसका लागि सरकार, अस्पताल व्यवस्थापन तथा स्वयं स्वास्थ्यकर्मी गम्भीर हुनु जरुरी छ ।

 


हामीलाई थाहा भएकै कुरा हो समस्यालाई बेवास्ता गरेर त्यसको दिगो समाधान हुँदैन । त्यसका लागि कुनै न कुनै तरिकाले सामना गर्नै पर्छ । चुप बसेर पनि यो उच्चतम जोखिमको बेला हामी आफूलाई तथा बिरामीलाई सुरक्षित राख्न सक्दैनौँ । महामारीले निम्त्याएको यस सङ्कटको अवस्थाको समाधान भनेको हामी सबै मिलेर रोगको गाम्भीर्यतालाई हेरी पीपीई तथा अन्य व्यवस्थापनको लागि हामी सबैको आवाज बुलुन्द हुनुपर्छ ।


५. देशभरी वितरण प्रणाली चुस्त र दुरुस्त नहुनु :

पीपीई देशमा उपलब्ध भए पनि आवश्यकता, औचित्य र जोखिमको सम्भावनाअनुसार वितरण प्रणाली नहुँदा कोभिड–१९ को व्यवस्थापनको अग्रपङ्क्तिमा रहने स्वास्थ्यकर्मीेका लागि जहिले पनि अभाव रहन्छ ।

६. स्वास्थ्यकर्मीले पीपीई लगाउने र  पीपीई फुकाल्ने तरिकालाई सही ढङ्गले गर्न नजान्नु र केहीले जाने पनि लापरवाही गर्नु ।

ख) अन्य

१. स्वास्थ्य संस्था वा अस्पतालमा पर्याप्त सावधानीका उपायहरु नअपनाउनु :

पीपीईको उपलब्धता र समुचित प्रयोगको साथसाथै अस्पतालभित्र हुनुपर्ने आकस्मिताको योजना नहुनु, राम्रो सञ्चार नहुनु, स्वास्थ्यकर्मीको परिवार उच्च जोखिममा हुनुे, आईपीसीको प्रोटोकल अक्षरशः लागू नहुनु, सावधानी नअपनाएर नै अनावश्यक बैठक राख्नु, प्रशासनिक संयन्त्र कमजोर हुनु आदिले पनि स्वास्थ्यकर्मी कोभिड—१९ को जहिले पनि उच्च जोखिममा हुने गर्दछन् ।

२. स्रोत साधनको अभाव तथा व्यवस्थापनको कमजोरी :

अस्पताल तथा स्वास्थ्य संस्थामा सचेतना तथा सुरक्षाका लागि आवश्यक पर्ने सामग्रीको समयमा व्यवस्थापनका लागि आवश्यक आर्थिक तथा भौतिक संरचनाको अभावको कारण पनि स्वास्थ्यकर्मी कोभिड–१९ को सङ्क्रमण हुने उच्च जोखिममा हुन्छन् ।

३. लामो समयसम्म धेरै बिरामीहरुको सम्पर्कमा आउँदा स्वास्थ्यकर्मीमा सङ्क्रमण हुने जोखिमलाई बढाउने गर्दछ । कमजोर शारीरिक तथा मानसिक शक्ति भएकोलाई सजिलै आक्रमण गर्ने यस भाइरसले कामको अत्यधिक चापको कारण थकित स्वास्थ्यकर्मीलाई सजिलै आक्रमण गर्दछ ।

अब के गर्ने ?

जसरी विश्वका कुनै पनि युुद्ध स्वस्थ, हतियारले सुसज्जित र उच्च मनोबलको सुरक्षाकर्मी बिना जितेको अवस्था छैन त्यसैगरी स्वास्थ्यकर्मीलाई पर्याप्त साधन स्रोतसहित परिचालन नगरेको खण्डमा  हामी यो महामारीजन्य युद्धमा विजय प्राप्त गर्न सक्दैनौँ । विजय नै प्राप्त गर्यौं भने पनि हामीले धेरै क्षति बेहोरी सकेको हुनेछौँ । धेरै क्षतिसहितको विजय पनि एक हिसाबले हार नै हो । त्यसैले यस रोगको गाम्भीर्यतालाई सबैले समयमै बुझी आगामी रणनीति र स्वास्थ्यकर्मीको सुरक्षाको व्यवस्था गरेमा मात्र कम क्षतिमा हामी यस रोगविरुद्धको युद्धमा विजय प्राप्त गर्न सक्छौँ ।

विभिन्न साधनस्रोतमध्ये स्वास्थ्यकर्मी निकै खर्चिलो स्रोत हो र यसको उत्पादन र सीपयुक्त बनाउनको लागि धैरै समय र स्रोतको खर्च हुन्छ । अन्य स्रोत भनेका क्षति भएको अवस्थामा पनि पूर्ति गर्न सकिन्छ भने स्वास्थ्यकर्मीको क्षतिलाई सजिलै पूर्ति गर्न सकिँदैन यसको लागि समय र ठूलो लगानीको आवश्यक हुन्छ । झन यो कोभिड—१९ जस्तो महामारीको यस आपतकालीन अवस्थामा स्वस्थ स्वास्थ्यकर्मी तत्काल आवश्यक पर्ने भएकोले भोलिका दिनको पूर्तिले त्यति तात्विक अर्थ राख्दैन ।


बेलायतको  रोयल कलेज अफ नर्सिङले पीपीई लगायतका पर्याप्त स्वास्थ्य सुरक्षाको व्यवस्था नर्सिङ स्टाफलाई छैन भने तिनीहरुले सेवा दिन अस्विकार गर्नुपर्छ भनेको छ र अगाडि भनेको छ उनीहरुको सुरक्षामा कुनै पनि कमी र लापरवाही हुनु हुँदैन । यदि त्यस्तो कमजोरी भेटिएमा कानुनी उपचारको बाटोका लागि सहयोग गर्ने आह्वान समेत गरेको छ ।


बेलायतको  रोयल कलेज अफ नर्सिङले पीपीई लगायतका पर्याप्त स्वास्थ्य सुरक्षाको व्यवस्था नर्सिङ स्टाफलाई छैन भने तिनीहरुले सेवा दिन अस्विकार गर्नुपर्छ भनेको छ र अगाडि भनेको छ उनीहरुको सुरक्षामा कुनै पनि कमी र लापरवाही हुनु हुँदैन । यदि त्यस्तो कमजोरी भेटिएमा कानुनी उपचारको बाटोका लागि सहयोग गर्ने आह्वान समेत गरेको छ । फाट्टफुट्ट गर्दागर्दै नेपालमा कोभिड—१९ सक्रमणका रोगीहरु बढ्दै छन् । यसको मतलव हामी सङ्क्रमितहरुको उपचारमा विस्तारै बढीभन्दा बढी स्वास्थ्यकर्मी खटिनुपर्ने अवस्था आउँदैछ । त्यसैले स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न कोरोना उपचारका लागि स्थापना गरिएको कोषबाट पीपीई खरिदको लागि प्राथमिकता दिऔँ । भोलिका दिनका आइपर्न सक्ने अप्ठ्यारो परिस्थितिलाई समेत सोचेर पीपीईको स्टकपाइलको व्यवस्थापन गरौँ ।

हाल दामासाहीमा पीपीईवितरण गर्नुभन्दा पीपीई (व्यक्तिगत सुरक्षा सामग्रीसम्बन्धी निर्देशिका २०७६ ले भनेझैँ) अत्यावश्यक ठाउँ– इमर्जेन्सी, आईसीयू, एनआईसीयू, सर्जिकल युनिट तथा सङ्क्रमणको उच्च जोखिम हुन सक्ने अन्य सेवा सञ्चालन गरिरहेका अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीलाई अहिले नै पीपीईको व्यवस्था गरौँ र उपयुक्त तरिकाले लगाउने वातावरण तयार गरौँ ।

स्वास्थ्यकर्मी पनि आफ्नो सुुरक्षाका लागि आफैँ संवेदनशील र जिम्मेवार हुन जरुरी छ । हो हामीले मानिसलाई त्रास नदिईकन स्वास्थ्य सूचना दिनुपर्छ र हाम्रो सूचनाले आम मानिसका अन्य दैनिकी तथा आर्थिक तथा सामाजिक क्षेत्रमा असर नपरोस् भनिन्छ तर विश्वभरी अन्दाजी ३५ हजारभन्दा बढी स्वास्थ्यकर्मीमा देखिएको सङ्क्रमणले पनि के देखाउँछ भने यो कोभिड—१९ यस्तो अवस्था होे जसमा हरेक व्यक्ति वा बिरामी कोभिड—१९ को सङ्क्रामक  हुन सक्छ भन्ने सोची आफू उच्च सतर्कताको अवस्थामा रहिरहनुपर्छ ।


अहिले हामीसँग केही समय बचेको छ । यो एक हिसाबले हाम्रा लागि राम्रो अवसर हो । भोलिका दिनमा बढ्दो बिरामीहरुको इमर्जेन्सी प्रतिकार्य गर्दैगर्दा कुनै पनि तालिम लिने हामीसँग समय हुँदैन । यस अवसरमा सङ्क्रमण रोकथाम तथा नियन्त्रणको भर्चुअल तालिम तुरुन्त सञ्चालन गरी तोकिएका स्वास्थ्यकर्मीलाई अनिवार्य सहभागी गराऔँ ।


अहिले हामीसँग केही समय बचेको छ । यो एक हिसाबले हाम्रा लागि राम्रो अवसर हो । भोलिका दिनमा बढ्दो बिरामीहरुको इमर्जेन्सी प्रतिकार्य गर्दैगर्दा कुनै पनि तालिम लिने हामीसँग समय हुँदैन । यस अवसरमा सङ्क्रमण रोकथाम तथा नियन्त्रणको भर्चुअल तालिम तुरुन्त सञ्चालन गरी तोकिएका स्वास्थ्यकर्मीलाई अनिवार्य सहभागी गराऔँ किनभने पछिल्ला अध्ययनले के देखाएको छ भने सङ्क्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी ज्ञान, अभ्यास र तालिमको अभावमा कैयौँ स्वास्थ्यकर्मी कोभिड–१९  बाट सङ्क्रमण भएको देखाएको छ ।

राज्यका लागि अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षाको व्यवस्था गर्नु राज्यको दायित्व र जिम्मेबारीभित्र पर्दछ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दा उक्त कुरालाई उल्लेख गर्नुभएको छ । तर सो कुरा स्पष्ट कार्य योजनामा आउनुपर्छ । ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सन कारोना भाइरसको सङ्क्रमण हुने संसारको सबै भन्दा उच्च ओहोदाको व्यक्तित्व हुनुहुन्छ र अहिले कोरोना रोगलाई जितिसक्नु भएको छ । उहाँ आफै त्यो पीडा बोध गरेकोले पनि होला अस्पतालबाट डिस्चार्ज भएपछि स्वास्थ्यकर्मीप्रति उच्च सम्मान व्यक्त गर्नु भएको छ ।  स्वास्थ्यसँग सम्बद्घ सबै पेसाकर्मी, पेसागत सङ्घसङ्गठन, जनस्वास्थ्य वैज्ञानिकहरु, सरकारी तथा गैरसरकारी निकाय, समुदाय र आम नागरिक सबै एकजुट भएर स्वास्थ्यकर्मीलाई सुरक्षित बनाउन सफल भयौँ भने मात्र साँचो अर्थमा उच्च सम्मानको अर्थ हुनेछ । कोभिड—१९ लाई बिना क्षति सजिलै परास्त गर्न सक्नेछौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. भक्तबहादुर केसी
डा. भक्तबहादुर केसी
लेखकबाट थप