शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जर्मन एसयूभी ब्राण्ड बगवार्ड नेपाल आउँदै, यस्ता छन् विशेषताहरु

शुक्रबार, ०५ वैशाख २०७७, १३ : ४९
शुक्रबार, ०५ वैशाख २०७७

काठमाडौं– डीएसएम ग्लोबल प्रालिले जर्मन एसयूभी ब्राण्ड बगवार्डका एसयूभी गाडीहरु नेपाल भित्र्याउने भएको छ । 

नेपालका लागि बगवार्डको आधिकारिक विक्रेता डिएसएम ग्लोबलले बगवार्ड ग्रुपको क्षेत्रीय उत्पादक तथा वितरक गो ब्रिमेन मोटर्समार्फत् नेपालमा बगवार्ड ब्रान्डको बीएक्स ५ एसयूभी भित्र्याउन लागेको हो । जुन मलेसियाबाट फ्ल्यागअफ भइसकेको छ । 

गो ब्रिमेन मोटर्स मलेसिया र आसपासको क्षेत्रको लागि बगवार्ड ग्रुपएजी (जर्मनी र चीन)को एसेम्ब्लिङ तथा वितरण पार्टनर हो । गो ब्रिमेन मोटर्सले मलेसियाको केदाहमा बगवार्ड अटोमोबाइलको एसेम्ब्ली प्लान्ट संचालन गर्दै आएको छ जहाँबाट उत्पादित एसयूभीहरु म्यान्मार, श्रीलंका, बंगलादेश, मरिसस र अन्य मुलुकमा निर्यात हुँदै आएको छ ।

‘काठमाडौंमा रहेको डीएसएम ग्लोबलसँग आबद्ध हुन पाउँदा हामी गर्व महसुस गरिरहेका छौं । हामीले डीएसएम ग्लोबललाई नेपालमा बगवार्ड अटोमोबाइलको सेल्स, सर्भिस, स्पेयर्स र एसेसोरिजको आयात तथा प्रबद्र्धन तथा विक्री वितरणका लागि नियुक्त गरेका छौं । हामीलाई विश्वास छ, अटो क्षेत्रमा दुई दशकको अनुभव भएको डीएसएम ग्लोबलले एफ्टर सेल्सलाई पनि उत्तिकै प्राथमिकतामा राख्नेछ,’ गो ब्रिमेन मोटर्सको आधिकारिक वेबसाइटमा लेखिएको छ । 

डीएसएम ग्लोबलले पहिलो चरणमा बगवार्ड बीएक्स५ नेपालमा भित्र्याउन लागेको हो । ४.४ मिटर लामो, १.८ मिटर चौडा र १.६ मिटर अग्लो यो फाइभ¬–सिटर १.४ लिटर र २.० लिटर गरी दुई वटा पावर ट्रेन अप्सनमा उपलब्ध छ । १.४ लिटरको फोर सिलिन्डर टर्बो इन्जिनले ५,५०० आरपीएममा १५० पीएस पावर र ४,५०० आरपीएममा २५० एनएमटर्क उत्पादन गर्छ भने २.० लिटर टर्बो इन्जिनले ५,५०० आरपीएममा २२४ पीएस र ४,५०० आरपीएममा ३०० एनएम टर्क उत्पन्न गर्छ । 

दुवै इन्जिनमा ६ स्पिड अटोमेटिक ट्रान्समिसन छ । त्यसैगरी, २.० लिटर इन्जिन अल ह्विल ड्राइभमा उपलब्ध छ । यसको एसइडी डीआरएलसहितका के अटोमेटिक हेलोजिन हेडल्याम्प, एलइडी टेललाइट, किलेस इन्जिन, ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्ट, डुअल जोन एअर कन्डिसनिङ, ४.२ इन्चको इन्स्ट्रयुमेन्ट क्लस्टर डिस्प्ले र क्र्युज कन्ट्रोल रहेका छन् । दुवै भेरियन्टमा ६ वटा एअरब्याग, भेहिकल स्ट्याबिलिटी कन्ट्रोल, एबीएस, इबीडी, ब्रेक असिस्ट, इलेक्ट्रोनिक पार्किङ ब्रेक, टायर प्रेसर मनिटरिङ सिस्टम, हिल स्टार्ट असिस्ट र इलेक्ट्रोनिक डिफेरेन्सियल सिस्टम र हिल डिसेन्ट कन्ट्रोल रहेका छन् । 

जर्मन प्रिमियम ब्राण्ड आउडी, मर्सिडिज र बीएमडब्लुसँग तुलना हुने बगवार्डको स्थापना जर्मनीमा पहिलो विश्व युद्धलगत्तै सन् १९१९ मा जर्मनीको ब्रिमेनमा भएको थियो । जर्मनीको आर्थिक पुनर्जागरणमा समेत महत्वपूर्ण भूमिका खेलेको बगवार्डले हाल सबै सेग्मेन्टका अटोमोबाइल उत्पादन गर्नुका साथै बस, वारुण यन्त्र, पानी जहाज र हवाइ उपकरणको समेत निर्माण गर्छ । 

सन् १९५५ देखि १९५८ को समयलाई स्वर्ण युगको पनि स्वर्ण युग मानिन्छ जसबेला उसले ५१ भन्दा बढी विश्व रेकर्ड कायम गरेको थियो । केही समयका लागि सुस्ताएको यो ब्राण्ड सन् २००८ पछि फेरि लयमा फर्किएको थियो । पारम्परिक जर्मन डिजाइन र इन्जियिरिङको उत्तम नमुना यसका उत्पादनमा देखिन्छ । 

हाल बगवार्डले ‘बी–जी–डब्लु’ नीति अबलम्बन गर्दै आएको छ जसको पूर्ण रुप ‘ब्रान्ड हेरिटेज’ (ब्रान्ड सम्पदा), जर्मन इन्जिनियरिङ र ‘वल्र्डवाइड डिस्ट्रिब्युसन’ –विश्वव्यापी वितरण) हो । उसको लाइन अपमा अहिले लाइन अपमा बीएक्स३, बीएक्स५, बीएक्स६, बीएक्स७, बीएक्स७आईटीएस (इलेक्ट्रिक) र बीएक्सटीएस ७ लिमिटेड एडिसन रहेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप