लकडाउनको मौका छोपेर चिटिक्क पारियो काठमाडौंका सडक (फोटोफिचर)
काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेको पनि शुक्रबार २५ दिन पुगिसकेको छ ।
लकडाउनका कारण सर्वसाधारण अत्यावश्यक काममा बाहिर घरबाहिर निस्कन पाएका छैनन् । सडक सुनसान छ । विकास निर्माणका काम ठप्प छन् भने समग्र अर्थतन्त्रमा नै प्रभाव परेको छ ।
यही लकडाउनको मौका छोपेर भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मातहतको यातातायत व्यवस्था विभागले भने राजधानीका सडकलाई चिटिक्क बनाउने काम गरिररहेको छ ।
मन्त्रालयमा बसन्त नेम्वाङ आएसँगै काठमाडौंका सडकमा पिचदेखि खाल्डाखुल्डी पुर्ने र समग्र सडकको अवस्थामा उल्लेख्य सुधार देखिएकोमा अहिले लकडाउनको समयमा समेत धमाधम काम भइरहेको हो ।
राजधानीका कतिपय ठाउँमा मार्किङको काम सकिइसकेको छ भने कतिपय ठाउँमा अहिले पनि धमाधम भइरहेको छ ।
अहिले राजधानीको एयर्पोट, सिनामगल, बानेश्वर, बिजुलीबजार,अनामनगर, पुतलीसडक, राम शाहपथलगायतका स्थानको सडकको मुहार नै फेरिएको छ । सेन्ट्रल लाइन, जेब्रा क्रसिङसहित विभिन्न ट्राफिक सिग्नलसहितको मार्किङले सडक निकै सुन्दर देखिएको छ। त्यसमाथि अत्यावश्यक सवारी समेत नचल्दा राजधानीको वातावरण नै सफा रहेको छ ।
सडक विभागका अनुसार मार्किङको काम समेत सामाजिक दूरी कायम गरेर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी