नेपाल भ्रमणमा जान चाहने विदेशी नागरिकको भिसा अवधि बढाउने निर्णय*
बिहीबार, ०४ वैशाख २०७७, १२ : ००
सरकारले नेपाल भ्रमण गर्न जाने भनेर भिसा लिइसकेका विदेशी नागरिकको भिसा अवधि बढाउने निर्णय गरेको छ ।
पहिला नै लिएको भिसाको अवधि नेपाल सरकारले ६ महिना लागि बढाउने निर्णय गरेको हो ।
अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली राजदूतावासले बिहीबार एक वक्तव्य जारी गर्दै १ जनवरी, २०२० देखि १ मार्च २०२० सम्म जारी गरिएको भिसालाई नेपाल सरकारले थप ६ महिना मान्यता दिने जानकारी दिएको छ ।
यस्तै अस्ट्रेलियास्थित नेपाली दूतावासका साथै अष्ट्रेलिया र न्यूजिल्याण्डको वाणिज्य दूतावासले प्रदान गरेको भिसा जारी मितिबाट एक वर्षका लागि मान्य हुने पनि विज्ञप्तिमा उल्लेख छ ।
*यसअघि प्रकाशित समाचार अन्यथा भएकाले क्षमयाचनासहित सच्याइएको छ : सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल