मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसः भिडियोमा देखियो शवको खात, इरानले के मृतकको वास्तविकता लुकाइरहेको छ ?

बिहीबार, ०४ वैशाख २०७७, १० : ३०
बिहीबार, ०४ वैशाख २०७७

इरानबाट आएको एउटा भिडियोमा देखिए अनुसार एक चिहानको मुर्दाघरमा कार्यरत कर्मचारी दर्जनौं शवले घेरिएका छन् ।

केही शव सेतो कपडामा बेरिएका छन् । त्यसपछि भिडियो खिचिरहेका व्यक्तिले कालो बडी ब्यागमा बेरिएका शवको लाइन देखाउँछन् जुन भुईंमा राखिएका छन् ।

त्यसपछि ती व्यक्ति एकएक गर्दै कोठामा आफ्नो क्यामरा घुमाउँछन् जहाँ जताततै शवको खात देख्न सकिन्छ ।

यो भिडियो इरानको एक पवित्र धार्मिक शहर कुमको मुख्य चिहानमा रहेको मुर्दाघरभित्र खिचिएको हो । यो त्यहि स्थान हो जहाँ इरानमा कोरोनाभाइरसको संक्रमण फैलन सुरु भयो ।

भिडियोमा मुर्दाघरका कर्मचारीले यहाँ ल्याइएको सबै शव कोरोनाका शिकार भएको दाबी गर्छन् तर बीबीसीले यो दाबीलाई पुष्टि गर्दैन ।

तर त्यसपछि ती कर्मचारीले जे भन्छन् त्यसले इन्टरनेटमा मानिसहरुको ध्यान आकृष्ट गरेको छ । ती व्यक्तिले कुराकानीको क्रममा भन्छन्, ‘यहाँ भएका केही शव ५–६ दिनदेखि राखिएका छन् ।’

यो भिडियो र ती व्यक्तिको कुराले एउटा कुराको संकेत भने मिल्छ । इरानले आफ्नो देशमा मृत्यु भइरहेका व्यक्तिको शव सम्हाल्न सकिरहेको छैन र यो संख्या सार्वजनिक गरिएको संख्या भन्दा धेरै छ ।

भिडियो मार्च २ मा सार्वजनिक भयो त्यसपछि यो निकै भाइरल भयो । र त्यतिबेलादेखि अहिलेसम्म अधिकारीले जुन प्रकारले प्रतिक्रिया दिएका छन् त्यसबाट यो झलक मिल्छ कि इरानले कसरी कोरोनाभाइरसबारे बताएको कुरालाई नियन्त्रण गर्न कसरत गरिरहको छ ।

शवलाई नुहाइदिने व्यक्तिको कमीः

मध्य पूर्वको देशमा कोरोनाले सबैभन्दा धेरै इरानलाई असर पुर्याएको छ ।

इरानबाट वास्तविकता बाहिर आउन निकै मुश्किल छ तर थुप्रै अनलाइन पोस्टमार्फत् यहाँको मुर्दाघरको स्थिती समय–समयमा सार्वजनिक हुने गरेको छ ।

मुर्दाघरका थुप्रै कर्मचारी शवलाई नुहाइदिन डराइरहेका छन् ।

यद्यपि, कोरोना संक्रमण शवबाट पनि सर्नसक्छ भन्ने यकिन जानकारी प्राप्त भएको छैन । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबारे धेरै जानकारी थाहा नभएकोले यसबारे सावधानी अपनाउन सल्लाह दिएको छ ।

उदाहरणको रुपमा इटलीमा स्वास्थ्य अधिकारीले भाइरस मृत्युपछि नफैलने बताएको छ तर यो कपडामा जीवित हुनसक्ने भन्दै सावधान हुन सल्लाह दिएको छ । त्यसकारण इटलीमा शवलाई तत्काल सील गरिन्छ र परिवारलाई सदस्यलाई समेत त्यहाँ जान दिइँदैन ।

इरानको प्रतिक्रियाः

मुर्दाघरको भिडियो भाइरस भएपछि सबैभन्दा पहिलो प्रतिक्रिया कट्टरपन्थीको तर्फबाट आयो ।

भिडियो रेकर्ड गर्ने व्यक्तिलाई पक्राउ गरिएको छ र अधिकारीले मानिसहरुलाई सबै शवलाई सम्मानका साथ र इस्लामिक रितीपूर्व ध्यानमा राखिएको भन्दै सम्झाउन सुरु गरे ।

शरीयतका अनुसार शवलाई छिटोभन्दा छिटो गाड्नुपर्छ ।

र त्यसअघि शवलाई पानीले तीन पटक नुहाइदिनुपर्छ जसलाई गुस्ल–ए–मय्यत भनिन्छ ।

र मार्चको सुरुमा इरानका सर्वोच्च धार्मिक नेता आयतोल्ला खमेनेईले कोभिड–१९ को शिका। व्यक्तिहरुको अन्तिम संस्कार सामान्य व्यक्तिको झैं गरिनेछ अर्थात् उनीहरुलाई पनि नुहाइनेछ, सेतो कपडामा बेरिनेछ र त्यसपछि उनीहरुको लागि प्रार्थना गरिनेछ ।

अनुुसन्धानकर्ताको अनुमानः

अस्पताल र मुर्दाघरको खबरबीच सरकारले मुश्किल प्रश्नको सामना गर्नुपरेको छ । थुप्रैले इरानमाथि संकटबारे जति जानकारी दिइएको छ यो त्योभन्दा थुप्रै गुणा गम्भीर त छैन भनेर प्रश्न गरिरहेका छन् ।

सरकारी आँकडाका अनुसार इरानमा ६० हजार बढी संक्रमित छन् र लगभग ४ हजारको मृत्यु भइसकेको छ ।

तर अमेरिकामा रहेका केही इरानी अनुसन्धानकर्ताले वास्तविक संख्या यो भन्दा अत्यधिक भएको दाबी गरेका छन् ।

रातोपाटीले अनुवाद गरेको बीबीसी हिन्दीमा प्रकाशित बहरंग ताजदीन र लुईस ऐडेमाको लेख 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप