बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रोग प्रतिरोधी क्षमता बढाउने यी टिप्स जसलाई मोदीले पनि सुझाए

बुधबार, ०३ वैशाख २०७७, १२ : ४९
बुधबार, ०३ वैशाख २०७७

रोग प्रतिरोधी क्षमता राम्रो हुनेहरुलाई कोरोनाभाइरसको संक्रमणको कम सम्भावना हुने गरेको बताइन्छ । यसै कुरालाई ध्यानमा राखेर भारतको केन्द्र सरकारको आयुष मन्त्रालयले रोग प्रतिरोधी क्षमता बलियो बनाउने घरेलु टिप्सबारे जानकारी दिएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मंगलबार बिहान राष्ट्रको नाममा गरिएको सम्बोधनमा मन्त्रालयबारे जारी यी टिप्स अपनाउन अपिल गरेका थिए । यी घरेलु तरिका के रहेछन्, यसबारे जानकारी लिऔंः

– दिनभरी मनतातो पानी बारम्बार पिइरहने

– दैनिक कम्तीमा ३० मिनेट योग गर्ने

– आफ्नो खानामा बेसार, जिरा, धनिया र लसुनको प्रयोग जसरी पनि गर्ने

– दैनिक बिहान एक चम्चा च्यवनप्रासको सेवन गर्ने, मधुमेहका रोगीले सुगर फ्री च्यवनप्राश सेवन गर्ने

– दिनमा एक वा दुईपटक तुलसी, दालचीनी, कालो मरिच, अदुवा र किसमिस राखेर बेस्सरी उमालिएको पानी पिउनुहोस्

– दिनमा एक वा दुई पटक बेसार राखिएको दुध पिउनुहोस्

– दैनिक बिहान वा बेलुका तिल वा नरिवलको तेल वा घ्यू नाकमा हाल्नुहोस्

– दैनिक दुई वा तीन मिनेटसम्म तिल वा नरिवलको तेलले ‘गार्गल’ गर्नुहोस् र त्यसपछि मनतातो पानीले कुल्ला गर्नुहोस् ।

– घाँटी खस्खसाएको छ वा सुख्खा खोकी लागेको छ भने पुदिनाको पात वा ज्वानोलाई पानीमा राखेर उमाल्नुहोस् र त्यसको बाफ लिनुहोस् ।

– सख्खर वा महमा ल्वाङ्गको पाउडर हालेर दिनमा दुई वा तीनपटक खानुहोस् ।

यी ती घरेलु विधि हुन् जुन भारतका चर्चित १६ वैद्यले आयुष मन्त्रालयलाई सुझाइएको हो । यी वैद्यले यी सबै विधि आयुर्वेदिक ग्रन्थ र वैज्ञानिक तर्कमा आधारित भएको दाबी गरेका छन् । यद्यपि, यसमार्फत् कोरोनाभाइरसको उपचार भने हुँदैन । महामारीबाट बच्नका लागि शरीरको रोग प्रतिरोधी क्षमता बढाउने उपाय मात्रै हुन् । यदि तपाईंलाई कोरोनाभाइरसको संक्रमण भएको हो कि भन्ने शंका लागेको छ भने तुरुन्त डाक्टरलाई सम्पर्क गर्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप