बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाका गाँजा प्रयोगकर्ताले कोरोना महामारी अघि नै गरे गाँजाको जोहो

बुधबार, ०३ वैशाख २०७७, १२ : ४३
बुधबार, ०३ वैशाख २०७७

अमेरिकामा अहिले कोरोनाले महामारीको रुप लिइसकेको छ । अत्यावश्यक कामबाहेक मानिसहरु घर बाहिर निस्कने अवस्थामा छैनन् ।

 यस्तोमा गाँजाको नियमित प्रयोगकर्तामध्ये झन्डै ५० प्रतिशतले आफ्ना लागि पुग्ने गाँजा जोहो गरेको एक अध्ययनले देखाएको छ । 

अमेरिकन मारीजुना डट ओआरजीले गरेको सर्वेक्षणअनुसार ४८ दशमलव ७ प्रतिशत गाँजा प्रयोगकर्ताले अवस्था खराब हुनभन्दा अघि नै अतिरिक्त गाँजा किनिसकेका थिए । 

गाँजा भण्डारण गर्नेमध्ये ५५ प्रतिशतले महामारीको समय आफूलाई शान्त राख्न गाँजा खरिद गरेको प्रतिक्रिया दिएका छन् । २२ प्रतिशतले घरमै बस्ने मनसाय भएकाले स्टक राखेको बताएका छन् । २३ प्रतिशतले भने महामारीले संकट सिर्जना गर्ने अनुमान लगाएर गाँजा किनेको जवाफ फर्काएका छन् ।  

यो स्पष्ट छ कि चिलिम प्रयोग गर्नेहरु संकट व्यहोर्न चाहन्नन्, तर अध्ययनअनुसार उनीहरुले संकट परिहालेमा पनि पागल नहुने जवाफ दिएका छन् । 

गाँजा र अन्य आधारभूत आवश्यकतामध्ये के रोज्नुहुन्छ भनेर सोधिएको प्रश्नमा अधिकांशले खाद्यान्न, ह्यान्ड सेनिटाइजर, ट्वाइलेट पेपर र फेस मास्कजस्ता आधारभूत आवश्यकता रोज्ने बताए ।  ९५ प्रतिशतले खाद्यान्न, ८५ प्रतिशत ह्यान्ड सेनिटाइजर, ८३ प्रतिशत ट्वाइलेट पेपर र ७२ प्रतिशतले फेस मास्कको नाम लिए ।  

राष्ट्रव्यापी क्वारेन्टाइनको समयमा २८ प्रतिशत गाँजा प्रयोगकर्ताले टेलिभिजन शो हेर्ने, २७ प्रतिशतले आफ्ना विभिन्न शौख पूरा गर्दै समय बिताउने र  १५ प्रतिशतले इन्टरनेट प्रयोग गर्ने योजना रहेको बताएका छन् । झन्डै १७ प्रतिशतले टिभी, इन्टरनेट वा युट्युब गाँजाको विकल्प हुन नसक्ने बताएका छन् । 

औषधीका रुपमा सिमित प्रयोगबाहेक टेक्सासमा गाँजा अवैध मानिन्छ, तर अमेरिकाका अधिकांश राज्य सरकारले गाँजाको औषधी बनाउने कम्पनीहरु कोरोना भाइरस महामारीको समय महत्वपूर्ण साबित हुने विश्वास गरेका छन् । त्यसैले आठभन्दा बढी कम्पनीलाई फूर्सदको समयका लागि गाँजा बेच्ने पूर्णस्वतन्त्रता दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप