बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

र्‍यापिड परीक्षणमा संक्रमण देखियो भन्दैमा आत्तिनु र उपचारको लागि दौडाइहाल्नु पर्दैन

भाइरसको जीन नै पत्ता लगाउने पिसिआर नै सबैभन्दा विश्वासिलो र भरपर्दो टेष्ट हो : डा. शेरबहादुर पुन
बुधबार, ०३ वैशाख २०७७, १२ : ५२
बुधबार, ०३ वैशाख २०७७

र्‍यापिड टेस्टमा राजधानी काठमाडौंमा पनि कोरोनाभाइरस संक्रमणको पोजेटिभ नतिजा आउन थालेको छ । यसले मानिसहरुमा एक किसिमको त्रास र भयको स्थिति पैदा भएको छ । आखिरमा यो र्‍यापिड टेस्ट भनेको के हो ? कसरी काम गर्छ यसले ? के यो टेस्टमा पोजेटिभ नतिजा आउनेबित्तिकै त्यो व्यक्तिलाई कोरोनाले संक्रमण गरेको हो भनेर मान्न सकिन्छ ? यिनै सवालहरुको सेरोफेरोमा रहेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनसँग रातोपाटीका लागि माया श्रेष्ठले गरेका कुराकानीः

र्‍यापिड  टेस्ट (इम्युनो डाइग्रोस्टिक टेष्ट)ले कसरी काम गर्छ ?

शरीरमा कुनै पनि रोगका भाइरस वा किटाणुले संक्रमण गर्छ । त्यसका विरुद्ध शरीरमा प्रकृतिक रुपमा रोग प्रतिरोधात्मक क्षमताले काम गरिरहेको हुन्छ । बाहिरबाट प्रवेश गरेको किटाणुको प्रभावलाई कम गर्नको लागि शरीरमा भएको रोग प्रतिरोधात्मक क्षमताले काम गरिरहेको हुन्छ । त्यस अवस्थामा शरीरमा प्रकृतिक एन्टिबडी निर्माण भइरहेको हुन्छ । कोरोना भाइरस कोभिड (१९) विरुद्ध निस्किएको त्यो एन्टिबडीलाई र्‍यापिड  टेस्टले पत्ता लगाउने काम गर्छ । 

कतिको भरपर्दो हुन्छ र्‍यापिड  टेस्ट ? के यसले दिने नतिजामा ढुक्क हुन सकिन्छ ?

र्‍यापिड  टेष्टको क्षमता कम्पनीअनुसार हुन्छ । कुनै र्‍यापिड  टेस्टले ७० प्रतिशत त कुनै र्‍यापिड  टेस्टले ५० प्रतिशतसम्म काम गर्न सक्छ । यसले कहिलेकाहि पोजेटिभ केशलाई नेगटिभ अर्थात फरक–फरक देखाउन पनि सक्छ । अर्थात् यो टेस्टले देखाउने नतिजा कहिलेकाहीँ फल्स पनि हुन सक्छ । 


र्‍यापिड  टेस्ट मै पूर्णतः भर गर्न मिल्दैन । र्‍यापिड टेस्टको काम भनेको कुनै पनि रोगका विरुद्धमा शरीरले पैदा गरेको  एन्टिबडी पत्ता लगाउने हो । शरीरमा भाइरस वा किटाणुले संक्रमण गरेपछि त्यस्तो एन्टिबडी बन्नका लागि  तीन चार दिन लाग्छ । त्यतीबेलासम्म र्‍यापिड  टेस्टले छुटाउन सक्छ ।

र्‍यापिड  टेष्टको क्षमता कम्पनीअनुसार हुन्छ । कुनै र्‍यापिड  टेस्टले ७० प्रतिशत त कुनै र्‍यापिड  टेस्टले ५० प्रतिशतसम्म काम गर्न सक्छ । यसले कहिलेकाहि पोजेटिभ केशलाई नेगटिभ अर्थात फरक–फरक देखाउन पनि सक्छ । अर्थात् यो टेस्टले देखाउने नतिजा कहिलेकाहीँ फल्स पनि हुन सक्छ ।

यो स्थितिमा कुनै व्यक्तिको शरीरमा किटाणु भए पनि र्‍यापिड टेस्टले त्यसलाई नदेखाउन सक्छ । यसलाई ‘फल्स पोजेटिभ’ पनि भनिन्छ । र्‍यापिड  टेस्टले शरीर भित्रकोे मिल्दोजुल्दो भाइरसलाई देखाउन सक्छ । र्‍यापिड  टेस्टमा शरीरको रोग प्रतिरोधात्मक क्षमताले पैदा गरेको एन्टिबडी पत्ता लगाउने  हुन्छ । अर्को मेन किटाणुलाई पत्ता लगाउने पनि हुन्छ  अथवा किटाणुको कुनै टिमलाई पत्ता लगाउने हुन्छ । त्यसैले यसको पत्ता लगाउने क्षमता कम्पनीअनुसारको हुन्छ ।

क्वालीटीको कुरा गर्दा र्‍यापिड  टेस्टलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छैन । यसलाई प्रयोग गर्ने कि नगर्ने भनेर केही देशहरु दोधारमा परेका छन भने नेपाल लगायतका केही देशले यसद्वारा परीक्षण गरिरहेका पनि छन् ।  

र्‍यापिड  टेष्टको पूर्णरुपमा भर पर्नु हुँदैन । नेपालले पनि आंशका गरिएका स्थानहरुमा टेष्ट गरिरहेको छ । र्‍यापिड  टेस्ट गर्दा कारोना पोजेटिभ देखिएमा पिसिआर टेस्टमार्फत् निर्क्यौल गर्नुपर्छ । र्‍यापिड  टेस्टको रिजल्टलाई मात्रै पूर्णरुपमा विश्वास गर्नु हुँदैन ।


तर प्रष्ट रुपमा भन्नुपर्दा र्‍यापिड  टेष्टको पूर्णरुपमा भर पर्नु हुँदैन । नेपालले पनि आंशका गरिएका स्थानहरुमा टेष्ट गरिरहेको छ । र्‍यापिड  टेस्ट गर्दा कारोना पोजेटिभ देखिएमा पिसिआर टेस्टमार्फत् निक्र्यौल गर्नुपर्छ । र्‍यापिड  टेस्टको रिजल्टलाई मात्रै पूर्णरुपमा विश्वास गर्नु हुँदैन ।

र्‍यापिड  टेस्टले मानिसको शरीरमा भएको एन्टिबडीको आधारमा पुरानो संक्रमण मात्रै देखाउने हो कि भरखरै भएको संक्रमण पनि देखाउँछ ? र्‍यापिड  टेस्टले त एन्टिबडीको आधारमा कुनै मानिसलाई ५–६ महिना अघि संक्रमण भएको थियो तर अहिले निको भइसकेको छ भने पनि देखाउँछ भन्छन् । के यो साँचो हो ?

हो र्‍यापिड  टेस्टले नेगेटिभ र पोजेटिभ देखाएका केसलाई पीसीआर टेष्ट गर्दा त्यही नदेखाएर उल्टो नतिजा पनि देखाउन सक्छ । ५–६ महिना अघि संक्रमण भएर निको भइसकेपछि पनि र्‍यापिड  टेस्टले पोजेटिभ देखाउन सक्छ, अर्थात् यसलाई पास्ट इन्फेन्सन भनेर देखाउँछ । शरीरमा भाइरस छ कि छैन् भनेर प्रारम्भिक चरणमा जाँच्ने सन्दर्भम र्‍यापिड  टेस्टले भाइरस संक्रमण भएको देखाउने सम्भावना कम हुन्छ । शुरुवाती अवस्थामा र्‍यापिड  टेस्टले धेरै पिकअप गर्ने सम्भावना न्युन हुन्छ । आरटी पिसिआरमा भने त्यसको ठिक उल्टो हुन्छ । आरटी  पिसिआरले भने जति समय घर्किँदै जान्छ, त्यति नै देखाउने सम्भावना बढी हुन्छ ।

 र्‍यापिड  टेस्टले कति दिनसम्मको संक्रमण देखाउँछ ?

र्‍यापिड  टेस्टले कति दिनसम्ममा संक्रमण भएको देखाउँछ भन्ने सन्दर्भम आईजीजी र आईजीएमको कुरा आउँछ । आईजीएमले एन्टिबडी सुरुवातको समयमा देखाउँछ । सुरुवाती भन्दा पनि तुरुन्तै त होइन ५–७ दिन पछि देखाउँछ । पछि चाहिँ दुई हप्तापछाडि पनि देखाउँछ । त्यो  किटको अवस्थामा भरपर्छ ।

आईजीजी चाहिँ महिनौं पछिसम्म वा कुनैकुनै रोगहरुका सन्दर्भमा त   वर्ष दिनसम्म पनि  देखाउन सक्छ । त्यो चाहिँ रोगको प्रकृति हेरेर फरक हुन सक्छ । तर पनि सरसरती भन्दा सुरुमा रोगको एन्टीबडी आईजीएम हुन्छ भने त्यसपछि आईजीजीमा  । धेरै जस्तो संक्रमणमा आईजीजी महिनौँ  वा बर्षौंसम्म पनि देखाउछ ।

घाँटीबाट संकलन गरिने स्वावको परीक्षण कतिको भरपर्दो हुन्छ ? त्यो संक्रमण भएको कति दिनसम्मको मात्रै सही नतिजा दिन सक्छ ?

घाँटीबाट नमूना लिएर जाँच्ने कुरा एउटा परीक्षण गर्ने प्रक्रिया हो । त्यो नमूनालाई ठोस स्वाव भने चिनिन्छ । अहिलेको कोरोनाभाइरसको संक्रमण स्वासप्रश्वाससँग सम्बन्धित भएका कारण घाँटीको पछाडि पट्टीबाट नमूना लिइएको हो । त्यस्तै नाकको भित्ताबाट पनि स्वाव लिने गरिन्छ । अमेरिकामा अहिले कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्नका लागि नाक र घाँटीको स्वाव परीक्षण अनिवार्य छ । हाम्रामा विशेष गरेर घाँटीबाट लिइन्छ । नेपालमा कहीँ कतै नाक बाट पनि लिने गरेको पाइएको छ । यद्यपि सबै देशमा नाक र घाँटीबाट स्वाव लिएको अवस्था छैन् । र्‍यापिड  टेस्टको नतिजा समान्यतया केही घण्टामा आउँछ ।  पीसीआरको नतिजा ४–५ घण्टामा आउन सक्छ ।


घाँटीबाट नमूना लिएर जाँच्ने कुरा एउटा परीक्षण गर्ने प्रक्रिया हो । त्यो नमूनालाई ठोस स्वाव भने चिनिन्छ । अहिलेको कोरोनाभाइरसको संक्रमण स्वासप्रश्वाससँग सम्बन्धित भएका कारण घाँटीको पछाडि पट्टीबाट नमूना लिइएको हो । त्यस्तै नाकको भित्ताबाट पनि स्वाव लिने गरिन्छ । अमेरिकामा अहिले कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्नका लागि नाक र घाँटीको स्वाव परीक्षण अनिवार्य छ ।


संक्रमण भएको पाँच दिनपछि कोरोनाभाइरस सासनलीबाट फोक्सोतिर गइसक्छ । त्यही भएर ५ दिन वा त्यसपछि घाँटीबाट लिइने स्वावमा भाइरस नदेखिन सक्छ जबकि त्यो भाइरसले मानिसको फोक्सोमा पसेर मानिसलाई बिरामी बनाइसकेको हुन्छ भनिन्छ । यस्तो स्थितिमा मानिसलाई कोरोना लागे नलागेको बारेमा ढुक्कसाथ थाहा पाउनको लागि र्‍यापिड  टेस्ट, पीसीआर बाहेक अरु के के कुराहरु जाँच्नै पर्छ, थाहा पाउनै पर्छ ?

त्यो भाइरस सर्ने कुरा सम्भावनाको कुरा हो । सुरुवातमा स्वास फेर्दा घाँटी मै गएर बस्ने भयो । त्यसैले त्यो कारणले भनेको हो । अघि हामीले भने जस्तो जति ढिलो स्वाव लिन्छौँ त्यती ढिलो भाइरस देखिने सम्भावना कम पनि हुन्छ । पक्कै पनि त्यो कम्पलिकेसन पनि फोक्सोतिर नै सरेर बढी जटीलता देखिन सुरु गर्छ ।

जस्तै निमोनिया भयो । कतिपय  केशमा लामो समयपछि सुधारोन्मुख हुन पनि सक्छ । सुधारोन्मुख हुनुको कारण के हो भने  त्यस भाइरसका विरुद्ध शरीरमा एन्टिबडी प्रशस्त उत्पादन भयो । तर संक्रमितको प्रतिरोधात्मक क्षमता बलियो नभएको खण्डमा फोक्सोको समस्या झनै जटील भएर  बिरामी आइसियुमा उपचार गर्ने स्थितिमा पुग्न सक्छ । ढिला हुँदा फोक्सोमा गएर भाइरसले तिव्रगतिमा क्षति पु¥याउन सक्छ ।

कोरोना भाइरसको टेस्टमा फल्स नेगेटिभ रिजल्टको कुरा बढी नै उठ्ने गर्छ ? यो भनेको को हो ? 

नेगेटिभ आउने भन्ने कुरा पत्ता लगाउने किटको क्षमतामा भरपर्छ । अहिले विभिन्न अनुसन्धानहरुले के भन्छ भने झण्डै–भण्डै ६७, ७० प्रतिशतको हाराहरीमा आरटी पिसिआरले रिजल्ट देखाउने क्षमता छ । करिब तीस प्रतिशत टेष्ट फल्स देखाउने सम्भावना बढी हुन्छ । 

यसको अर्थ के हो भने परीक्षण गरिएका झण्डै १ सय जना मध्ये तीसजनाको रिजल्ट फल्स देखाउन सक्छ । यसमा व्यक्तिको शरीरमा भाइरसको लोड कति छ, स्याम्पल लिँदा कसरी लिइयो, नमुना स्याम्पललाई परीक्षण गर्ने स्थानसम्म कसरी पुर्याइयो जस्ता पक्षहरुले पनि भूमिका खेल्छ । त्यसैगरी, पीसीआर गर्दा कहिलेकाहीँ प्राविधि गल्ती पनि हुन सक्छ ।  यी सबै कुराले अन्तिम रिजल्ट आउँदा ठुलो प्रभाव पर्छ । यी सबै कुरा मिल्यो भने रिजल्ट सही आयो । स्याम्पल परीक्षण गर्दा १०० प्रतिशत  पुर्णरुपमा प्रक्रिया पु¥याए काम गरेको खण्डमा पनि  ६७ देखि ७० प्रतिशत मात्रै सही रिजल्ट आउँछ । त्यसैले यसको ७० प्रतिशत पत्ता लगाउने क्षमता भएको अनुसन्धानहरुले देखाएको छ ।  नियमहरु पालना नगरेको खण्डमा त्यो भन्दा पनि कम प्रतिशतको रुपमा रिजल्ट आउन सक्छ ।

र्‍यापिट टेस्ट नयाँ संक्रमित पत्ता लगाउन भन्दा पनि कुनै मानिस कोरोनाबाट संक्रमित भएको थियो कि थिएन भनेर छुट्याउन बढी काम लाग्छ, यसले भरपर्दो ढंगले नयाँ कोरोना रोगी पत्ता लगाउँछ भनेर ढुक्क भएर भन्न मिल्दैन भनेर कतिपय जनस्वास्थ्य विदहरुले भन्नुहुन्छ । यसबारेमा अलि प्रष्ट पारिदिनु न ?

सबैभन्दा विश्वाशिलो भरपर्दो टेष्ट गर्ने क्षमता भनेको पिसिआरको नै हो । पिसिआरले भाइरसको जीन नै पत्ता लगाएर देखाउँछ । त्यसैले पिसिआरको विश्वसनीयता बढी हुुन्छ । जुन र्‍यापिड  टेष्टको हामी जुन कुरा गछौँ, त्यो कहिलेकाहिँ भाइरसको पनि एन्टिवडी क्रस रियाक्टिभ हुन सक्छ, जसलाई रङ पोजेटिभ भनिन्छ । अरु कुनै रोग भएको हुन सक्छ, त्यसले पनि त्यहाँ त्यहाँ पोजेटिभ देखाउँन सक्छ । सही पहिचान गर्ने क्षमताको कुरा गर्दा पिसिआरको भन्दा र्‍यापिड  टेष्टको कम हुन्छ । भिन्नता र क्षमताको कुरा यहीबाट थाहा हुन्छ । त्यसैले दुवैलाई  सगसँगै लैजानुपर्छ । प्रष्ट भन्दा हाम्रो लागि अहिले पिसिआर नै महत्वपूर्ण छ ।

सबैभन्दा विश्वाशिलो भरपर्दो टेष्ट गर्ने क्षमता भनेको पिसिआरको नै हो । पिसिआरले भाइरसको जीन नै पत्ता लगाएर देखाउँछ । त्यसैले पिसिआरको विश्वसनीयता बढी हुुन्छ । जुन र्‍यापिड  टेष्टको हामी जुन कुरा गछौँ, त्यो कहिलेकाहिँ भाइरसको पनि एन्टिवडी क्रस रियाक्टिभ हुन सक्छ, जसलाई रङ पोजेटिभ भनिन्छ । अरु कुनै रोग भएको हुन सक्छ, त्यसले पनि त्यहाँ त्यहाँ पोजेटिभ देखाउँन सक्छ । सही पहिचान गर्ने क्षमताको कुरा गर्दा पिसिआरको भन्दा र्‍यापिड  टेष्टको कम हुन्छ ।


कुनै एउटा गाउँ पिसिआर गर्ने सम्भव छैन । त्यो गाउँमा कोरोना प्रभावित क्षेत्रबाट मानिस आएका छन् । कोरोनाको आशंका गरिएको छ । त्यस गाउँमा कोरोना संक्रमित छन् कि छैन् भनेर दोधार भएको अवस्थामा र्‍यापिड ले धेरैलाई टेष्ट गर्न पाइयो । धेरै टेष्ट गर्दा एक दुई जनालाई देखियो भने यहाँ संक्रमण कुनै समयमा आएको रहेछ भन्ने देखिन्छ ।

यदि त्यो स्थानमा प्रभावित क्षेत्रबाट मानिस त्यहाँ नआइकन पनि संक्रमण देखियो भने त्यसँ गाउँलाई सिल गरेर  साँच्चै संक्रमित छन् कि छैनन् भनेर खोजतलास गर्न पाइयो । त्यहाँ संक्रमण खोजतलासको लागि कस्तो रणनीति तथा योजना बनाएर अगाडि बढ्नेकुरालाई यस र्‍यापिड टेष्टले अलिकति भएपनि सहयोग गर्छ । यस्तो अवस्था सबैलाई उपचार गर्न सम्भव हुँदैन । त्यसैले थाहा पाएपछि कसको कहाँ कस्तो भूमिका रहन्छ भन्ने कुरा थाहा पाउन सकिन्छ । 

यो भन्दै गर्दा, एउटा कुरा बताऊँ । अहिले जर्मन बेलायत लगाएतका देशले किटलाई प्रयोग गरेर शरीरमा रोग प्रतिरोधात्मक क्षमता छ कि छैन भन्ने पत्ता लगाउन थालेको छ । त्यसरी परीक्षण गर्दा प्रतिरोधात्मक क्षमता देखिएकाहरुलाई लकडाउनको समयमा पनि कार्य क्षेत्रमा खटिने व्यवस्था गर्न लागेको छ ।


अहिले जर्मन बेलायत लगाएतका देशले किटलाई प्रयोग गरेर शरीरमा रोग प्रतिरोधात्मक क्षमता छ कि छैन भन्ने पत्ता लगाउन थालेको छ । त्यसरी परीक्षण गर्दा प्रतिरोधात्मक क्षमता देखिएकाहरुलाई लकडाउनको समयमा पनि कार्य क्षेत्रमा खटिने व्यवस्था गर्न लागेको छ ।


भन्नुको तात्पर्य कुनै व्यक्तिमा कोरोनाभाइरसका विरुद्ध शरीरमा प्राकृतिक रोग प्रतिरोधात्मक क्षमता अर्थात् एन्टीबडी बनेको छ भने त्यस्तो मानिसलाई काम गर्न दिने भनेका छन् । तर त्यो एन्टिबडीले यो भाइरसबाट कतिसम्म संरक्षण गर्न सक्छ भनेर अहिलेसम्म बैज्ञानिकहरुले भन्न सकेका छैनन् । तत्काललाई समस्या सृजना गर्दैन भनेर एउटा मापबिन्दू बनाएर उनीहरु अगाडि बढेका छन् ।   

टेष्टमा आईजीजी र आईजीएम भनेको केहो ? अहिले चाहिने कुन हो ?

यी दुवै कुनै पनि भाइरस वा किटाणुका विरुद्ध शरीरको रोगप्रतिरोधी क्षमताले पैदा गर्ने एन्टीबडी प्रोटिन  हो । यी दुईमध्ये एउटा अलि छिटो देखिन्छ । किटाणु वा भाइरसले संक्रमण गरेको ५–७ दिनदेखि हप्ता १० दिन भित्रमा आइजीएम देखिन्छ । त्यो देखियो भने संक्रमणको चरणमा छ भन्ने हुन्छ ।  फेरि अर्को आईजीजीले चाहिँ कुनै समयमा संक्रमण भएको थियो भन्ने देखाउँछ । त्यस्तो एन्टीबडी भएको व्यक्तिलाई फेरि अर्को पटक कोरोनाभाइरसले संक्रमण गर्यो भने उसलाई त्यसले असर गर्ने सम्भावना कम हुन्छ । किनभने उसको शरीरमा त्यसका विरुद्धमा पहिले पनि प्रतिरोधी क्षमता अर्थात् एन्टिबडी बनिसकेको हुन्छ, जसले उसलाई त्यो भाइरसको संक्रमणबाट बचाउँछ । यो एन्टीबडी धेरै महिना वा वर्षौसम्म पनि रहन सक्छ । त्यसैले र्‍यापिड परीक्षणमा आईजीजी देखियो भने ओहो यसलाई रोग लागेको रहेछ भनेर आत्तिनु र उपचारको लागि दौडाइहाल्नु पर्दैन ।

 अमेरिका लगायतका अन्य ठाउँमा संक्रमित मान्छे उपचार पछि निको भएकाहरुको शरीरको त्यही एन्टीबडीको प्रयोग गरेर उपचार गर्ने अभ्यास शुर भएको छ । त्यसका लागि निको भएका व्यक्तिको रगतबाट निकालिएका प्लाज्मालाई शुद्धिकरण गरेर उपचारमा प्रयोग गर्न सकिन्छ । विशेष गरेर यसरी निकालिएका प्लाज्मा कोरोनाको संक्रमणले अत्यन्तै गम्भीर अवस्थामा पुगेका मानिसहरुको उपचारमा प्रयोग गर्ने गरेको पाइन्छ ।

Title photo base: https://cdn.mos.cms.futurecdn.net

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप