मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वसाधारणले चाहिनेभन्दा बढी ग्यास घरमा थुपार्दा सिलिन्डर अभावले थन्किए ग्यासका बुलेट

मङ्गलबार, ०२ वैशाख २०७७, ०७ : ४८
मङ्गलबार, ०२ वैशाख २०७७

धादिङ – सर्वसाधारणले चाहिनेभन्दा बढी ग्यास किनेर घरमा थुपार्दा भारतबाट ग्यास बोकेर आएका बुलेट उद्योगहरुमा थन्किन थालेका छन् । 

खन्याउन भाँडो नभएर उद्योग परिसरमा आइपुगेका ग्यास बुलेट थन्किएका हुन् ।

धादिङका १३ ग्यास उद्योगले करिब १० लाख सिलिन्डर बजार पठाएका छन् । ग्यासका बुलेट आउने तर बजार पठाइएका सिलिन्डर नआउँदा समस्या परेको उद्योग सञ्चालकहरुको भनाइ छ । 

थाक्रे गाउँपालिका वडा नं ७ जुँगेखोलामा रहेको श्री ग्यास उद्योगले काठमाडौं र धादिङमा एक लाख एक हजार चार सय ६४ सिलिन्डर बजार पठाएको छ । ती सबै उद्योगमा नआएकाले बुलेटहरु थन्किएका उद्योगका स्टोरकिपर श्यामकृष्ण उप्रेतीले बताए । यो समाचार आजको नागरिक दैनिकमा सरिता श्रेष्ठले लेखेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप