बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनमा घरसम्म पु-याइदिने भन्दै बलात्कार

सोमबार, ०१ वैशाख २०७७, १० : २२
सोमबार, ०१ वैशाख २०७७

स्याङ्जा । देश कोरोना संक्रमणको त्रास र लकडाउनको प्रभावले थिलिरेहको बेला यहाँका दुई जना युवती जबरजस्ती करणीको शिकार बनेकी छन् । हरिनाश गाउँपालिका–६ बस्ने १९ वर्षीया युवती र चापाकोट नगरपालिका–६ बस्ने १७ वर्षीया युवती जबरजस्ती करणीमा परेकी हुन् ।

हरिनाशकी १९ वर्षीया युवतीलाई सोही गाउँ स्थित २० वर्षीय सन्देश थापा र २३ वर्षीय सागर थापाले जवरजस्ती करणी गरेका हुन् । ग१८प १५५७ नम्बरको मोटरसाइकलमा आएका उनीहरुले पीडित युवतीलाई घरसम्म पु-याइदिने बहनामा एकान्तमा लगेर जवरजस्ती करणी गरेको खुलेको छ ।

तर, सन्देश थापाले जवरजस्ती करणी गरे लगत्तै सागर थापाले करणी गर्न खोज्दा गाउँलेले देखेपछि उनीहरु मोटरसाइकलमा भागेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सन्देशले मात्रै जवरजस्ती करणी गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिसपी नबिनकृष्ण भण्डरीले जानकारी दिए । तर घट्नामा दुवै जनाको संलग्न देखिएकाले अनुसन्धान भइरहेको डिएसपी भण्डरीले बताए । घट्ना अवेगमा घटाएको हुन सक्ने उनले आशंका गरे ।

घटना लगत्तै फरार रहेका उनीहरुविरुद्ध पीडितको पक्षबाट जिल्ला प्रहरी कार्यालयमा किटनी जाहेरी परेको थियो । प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको हो । पक्राउ लगत्तै जिल्ला अदालत स्याङ्जामा जबरजस्ती करणी उद्योगमा म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी चापाकोट नगरपालिका–४ का २१ वर्षीय बिनोद परियार पनि जबरजस्ती करणी गरेको आरोपमा वडा प्रहरी कार्यालय वालिङको प्रहरी हिरासतमा छन् । गत चैत २२ गते चापाकोटकी एक युवातीलाई जबरजस्ती करणी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । गाउँमा हिडिरहेको अवस्थामा ललाइफकाई गरी जबरजस्ती करणी गरेको आरोपमा उनी चैत २४ गते पक्राउ परेको थियो । उनको पनि जिल्ला अदालतबाट अनुसन्धानमा लागि म्याद थप गरी थप अनुसन्धान भैरहेको छ ।

कोरोना संक्रमण र लकडाउनले सबै ध्यान खिचिरहेको अवस्थमा आत्महत्या, हत्या,हिंसा, चोरी, डकैती, पकेटमार, बलात्कार लगायतका अपराधिक क्रियाकलाप बढ्ने संकेत देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मोहन गुरुङ
मोहन गुरुङ
लेखकबाट थप