शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इँटाभट्टाको फरक दृश्य : निरन्तर काम गर्दैछन् मजदुर (फोटोफिचर)

आइतबार, ३० चैत २०७६, १६ : ३७
आइतबार, ३० चैत २०७६

काठमाडौं । कोभिड–१९ को सम्भावितलाई मध्यनजर गरेर सरकारले लकडाउन गरेपछि मजदुरहरु नराम्ररी प्रभावित छन् । लामो समय लकडाउन हुँदा हातमुख जोर्न धौधौ हुँदा कतिपय मजदुरहरु हिँडेरै गाउँतिर जान गइरहेका पनि छन् । 
तर भक्तपुरको चाँँगुनारायण नगरपालिकास्थित दुवाकोट र  सुडालमा रहेका इँटाभट्टामा भने मजदूरहरु निरन्तर काम गरिरहेका छन् । उनीहरुलाई लकडाउनले सामान्य प्रभावित पारेपनि निरन्तर काम हुँदा खासै समस्या परेका छैन । 

यहाँका इँटाभट्टामा नेपाली र भारतीय मजदुर समेत कार्यरत रहेका छन् । प्रायः रोल्पा, रुकुम, सल्यान, अछाम, सुर्खेत, जाजरकोट र भारतको बिहारका यी मजदूरहरुयो विषम परिस्थितिमा छुट्टी लिएर घरसम्म पनि जाने मन भएको बताउँछन् । तर गाडी पनि नचलेको र काम पनि भइरहेकाले खासै चिन्ता भने नरहेको बताउँछन् । 

रोल्पाकी  माया क्षत्री विगत ६ महिना यता दुवाकोटको इँटाभट्टामा कार्यरत छिन् । कोरोना भाइरस आएको भन्ने आफूले सुनेको बताउँदै उनले यो बेलामा घर जान मन भएपनि नपाइको बताइन् । अहिले मजदूरले दुख पाएको पनि उनले सुनेकी छिन् उनले । उनी भन्दै थिइन्, ‘हामी काम गर्नेहरुले गरिरहन पाए हुन्थ्यो । धन्न यो इटाभट्टामा काम रोकिएको छैन ।  साहुजीहरुले काम दिइरहनु भएको छ ।’

अर्का भारतीय कामदारले यो अवस्थामा घर जान मन भएको बताए । तर यो विपतमा पनि बाहिर नगइ सुरक्षित ढंगले काम गर्न पाउँदा खुसी लागेको उनले बताए । 

यस्तै इँटाभट्टा सञ्चालकहरुले भने विषम परिस्थितिमा पनि मजदूरहरुलाई समस्या नहोस् भनेर काम दिइरहेको बताएका छन् । मजदूरलाई बाहिर जान नदिएको र इँटाभित्रै बसेर काममा लगाउँदा संक्रमणको जोखिम पनि नरहने उनीहरुको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप