बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंका बढी मूल्यमा मासु बिक्री गर्ने तीन पसललाई कारवाही

शनिबार, २९ चैत २०७६, ०८ : ०१
शनिबार, २९ चैत २०७६

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार बजार अनुगमनका क्रममा  तीन पसललाई कारवाही गरेको छ । 

विभागका अनुसार अनुगमनका क्रममा बढी मूल्यमा मासु बेचेवापत एक मासु पसल र दुई किराना पसललाई जरिवाना गरिएको हो ।

विभागका अनुगमन निरीक्षक दीपक पोखरेलका अनुसार बजार अनुगमनका क्रममा बढी मूल्यमा मासु बिक्री गरेको भेटिएपछि नयाँ बानेश्वरस्थित आइकालु मिट सेन्टरलाई रु दुई लाख जरिवाना तिराइएको छ । 

त्यस्तै बाफलस्थित न्यू बिके स्टोरलाई अनुचित व्यापारिक क्रियाकलाप गरेकामा (राहत वितरणमा म्याद गुज्रिएका सामान बिक्री गरेको) रु तीन लाख जरिवाना र सीतापाइलास्थित चितवन खाद्य सप्लायर्सले मूल्य बढी लिएको भेटिएपछि रु दुई लाख जरिवाना गरिएको हो । 

ती पसलको कारवाहीबाट रु सात लाख राजश्व संकलन भएको छ । अनुगमनका क्रममा बढी मूल्य लिएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको उनले जानकारी दिए ।  

यसअघि विभागले बुधबार बजार अनुगमनका क्रममा बढी मूल्य लिएवापत बत्तीसपुतलीमा सञ्चालित मुस्कान मासु पसललाई रु दुई लाख जरिवाना लगाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप