शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना महामारीः विश्वभर मृत्यु हुनेको संख्या १ लाख नाघ्यो, इटलीको रेकर्ड ब्रेक गर्दै अमेरिका(अपडेट)

शनिबार, २९ चैत २०७६, ०० : १८
शनिबार, २९ चैत २०७६

एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ लाख नाघेको छ । शुक्रबार साँझसम्मको तथ्याँकअनुसार विश्वभर भाइरस संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ लाख १ हजार ५ सय २६ पुगेको छ । त्यस्तै संक्रमित हुनेहरुको संख्या १६ लाख ७५ हजार ७ सय ६७ पुगेको छ । शुक्रबार सबैभन्दा बढी अमेरिकामा १ हजार ३ सय १८ जनाको ज्यान गएको छ भने योे सहित त्यहाँ मृत्यु हुनेको संख्या १८ हजार ९ पुगेको छ । त्यहाँ संक्रमित हुनेहरुको संख्या ४ लाख ८८ हजार ९ सय ८० पुगेको छ । त्यस्तै शुक्रबार फ्रान्समा ९ सय ८७ जनाको मृत्यु भएको छ भने बेलायतमा ९ सय ८० जनाको मृत्यु भएको छ ।

फ्रान्समा योसहित मृत्यु हुनेको संख्या १३ हजार १ सय ९७ पुगेको छ भने बेलायतमा ८ हजार ९ सय ५८ पुगेको छ । फ्रान्समा कूल संक्रमितको संख्या १ लाख २४ हजार ८ सय ६९ जना पुगेको छ भने बेलायतमा ७३ हजार ७ सय ५८ जना पुगेको छ । त्यस्तै इटालीमा एकैदिन ५ सय ७० जनाको मृत्यु भएको छ । योसहित त्यहाँ मर्नेको संख्या १८ हजार ८ सय ४९ पुगेको छ । त्यहाँ कूल संक्रमित संख्या १ लाख ४७ हजार ५ सय ७७ रहेको छ । शुक्रबार अमेरिका र इटालीमा मृत्यु हुनेहरुको कूल संख्या बराबरीको हाराहारीमा पुगेको छ । अमेरिकामा संक्रमितहरुको तिब्रता बढिरहेकोले केही घण्टामै इटालीको रेकर्ड ब्रेक गर्ने सम्भावना देखिएको छ ।  संक्रमित हुनेहरुको कूल संख्यामा भने अमेरिका केही हप्ता यता सबैभन्दा अघि नै रहेको छ ।  

त्यस्तै, स्पेनमा चौबिस घण्टामा ५ सय २३ जनाको मृत्यु भएको छ भने योसहित त्यहाँ मृत्यु हुनेको संख्या १५ हजार ९ सय ७० पुगेको छ । त्यहाँ अहिलेसम्म संक्रमितको संख्या १ लाख ५७ हजार ५३ पुगेको छ । यता, युरोपकै अर्को मुलुक बेल्जियममा पनि मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । बेल्जियममा २४ घण्टामा ४ सय ९६ जनाको मृत्यु भएको छ भने योसहित त्यहाँ मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको छ । संक्रमितहरुको संख्या त्यहाँ २६ हजार ६ सय ६७ रहेको तथ्याँक संकलक साइट वल्ड्रो मिटरले जानकारी दिएको छ । अहिलेसम्म विश्वका २ सय १० देशमा संक्रमण फैलिइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप