बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट एकैदिन ९५३ को मृत्यु

शुक्रबार, २८ चैत २०७६, २१ : ११
शुक्रबार, २८ चैत २०७६

लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या निरन्तर बढ्दै गैरहेको छ । शुक्रबार प्राप्त पछिल्लो जानकारी अनुसार बेलायतमा गएको २४ घन्टामा थप ९ सय ५३ जनाको मृत्यु भएको मिररले उल्लेख गरेको छ  ।

 मृत्यु हुनेहरुमा ८ सय ६६ जना इंग्ल्याण्डमा, ४८ जना स्कटल्याण्डमा, २९ जना वेल्समा र १० जना नर्दर्न आएरल्याण्डका रहेका छन् । आज दिउँसो ३ बजेसम्मको तथ्यांकको आधारमा  बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार १६ पुगेको छ । विश्वभरिमा कोरोनाबाट   मर्नेको संख्या एक लाख नाघिसकेको छ ।

 बेलायतको तापक्रम बढ्दै जाँदा लकडाउन उलंघन गर्नेहरुको पार्कमा भीड लाग्न थालेपछि कतिपय पार्कहरु बन्द गरिएका छन् भने प्रहरीले समेत निगरानी राख्ने गरेको छ । लकडाउनलाई प्रभावकारी बनाउन प्रहरीले सवारी साधन तथा पैदलयात्रीलाई सोधपुछ गर्न थालेको छ । आउँदो सोमबारबाट प्रथम चरणको तीन हप्ते लकडाउनको अवधि समाप्त हुँदैछ । कोरोना भाइरस संक्रमण र मृत्युदर बढ्दै गएका कारण लकडाउनको अवधि बढ्ने निश्चित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप