शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लक डाउनको १८ औं दिनः राजधानीका सडक सुनसान

शुक्रबार, २८ चैत २०७६, १८ : ५३
शुक्रबार, २८ चैत २०७६

काठमाडौं ।  लक डाउनको १८ औं दिन शुक्रबार पनि राजधानीका सडकहरु सुनसान देखिएका छन् । चैत ११ गतेबाट सुरु भएको लक डाउनको कारण राजधानीका सडक सुनसान छन् । अत्यावश्यक सवारी, मालबाहक सवारी बाहेक अन्य चलेका छैनन् । रिङरोडमा अत्यावश्यक सेवा र सामग्री बोकेका गाडी र पासबाहक सवारी मात्र चलेका छन् । ठाउँठाउँमा प्रहरीले चेकिङमा कडाई गरेको छ । 

नेपालमा दोस्रो कोरोना संक्रमित देखिएपछि चैत १८ गतेसम्मका लागि पहिलो पटक लक डाउन घोषणा गरिएको थियो । सो अवधिमा अरु व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिएपछि सरकारले लक डाउन थप गरेको छ । 

सरकारले दोस्रोपटक २५ गतेसम्मका लागि समय थप गरेको थियो । संक्रमितको संख्या बढ्दै गएपछि सरकारले तेस्रोपटक गत सोमबार बैशाख ३ गतेसम्म लक डाउनको अवधि थपेको छ । सरकारले अन्तर्राष्ट्रिय सीमानाका र हवाई उडान समेत बन्द गरेको छ । कोरोना भाइरसको संक्रमण जोखिमका कारण सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा ९ जनामा कोरोना संक्रमण देखिएको छ । एकजना उपचारपछि निको घर घर फर्किएका छन् भने ८ जनाको उपचार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप