शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनमा फसेका छोरा लिन आमाले स्कुटरमा तय गरिन् १४ सय किलोमिटरको यात्रा

शुक्रबार, २८ चैत २०७६, १७ : २१
शुक्रबार, २८ चैत २०७६

भारतमा लकडाउनका कारण यतिबेला हजारौँ मानिसहरु अलग–अलग क्षेत्रमा फँसेका छन् । उनीहरु कतिबेला लकडाउन खुल्छ र घर फर्कियौँ भन्ने पर्खाइमा छन् । यस्तै एक घटना तेलंगाना राज्यमा देखिएको छ । त्यहाँ लकडाउनमा फँसेका आफ्नो छोरालाई लिन एक आमाले स्कुटरमा १४ सय किलोमिटरको यात्रा तय गरेकी छिन् ।

निजामाबादबाट सोमबार आन्ध्र प्रदेशको नेल्लोर हिँडेकी उनले बुधबार साँझ छोरा लिएर घर फर्किएकी थिइन् । निजामाबादबाट नेल्लोरको दूरी करीब ७ सय किलोमिटर रहेको छ ।

४८ वर्षीया रजिया बेग्मको सानो परिवार छ । परिवारमा उनको दुई जना छोराहरु छन् । उनको पतिको १५ वर्षअघि निधन भएको थियो । ठूलो छोरा इन्जिनियरिङमा ग्राजुएट छन् भने कान्छा छोरा निजामुद्दिन अहिले पढिरहेका छन् । डाक्टर बन्ने लक्ष्य लिएका उनी नेल्लोरमा थिए ।

उनले भनिन्, ‘एक महिलाका लागि यति लामो यात्रा सहज थिएन तर छोरालाई फिर्ता ल्याउने मेरो इच्छाशक्तिले मेरो डर सबै हरायो । मैले खानामा रोटी प्याक गरेर यात्रामा निस्किएँ । राति ट्राफिक पनि थिएन, सडक पनि खाली । डर त लाग्थ्यो तर मैले हिम्मत हारिनँ ।’

रजिया हैदराबादबाट करीब २ किलोमिटर दूर निजामावादस्थित एक सरकारी स्कूलमा हेडमास्टर छिन् ।

राजियाका अनुसार निजामुद्दिन गत १२ मार्चमा आफ्नो साथीलाई छाड्न नेल्लोर गएका थिए । तर, यसबीचमा कोरोनाभाइरसका कारण लकडाउन भएपछि उनी त्यहीँ फसेका थिए । ‘ठूलो छोरालाई पठाउन सक्दिनँ थिएँ किनभने उसँग धेरै आशा थियो । त्यही भएर म आफै जाने निर्णय गरेँ,’ उनले भनिन्, ‘जब मैले मेरो स्थिति स्थानीय प्रशासनलाई सुनाए, उनीहरुले मलाई यात्रा गर्न अनुमति तथा पास प्रदान गरे ।’

स्रोत : दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप