शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चार्टर विमान २४८ यात्रु बोकेर लण्डन फर्कियो

शुक्रबार, २८ चैत २०७६, १५ : ४३
शुक्रबार, २८ चैत २०७६

काठमाडौँ । टाइटन एयरको चार्टर विमान २ सय ४८ बेलायती लगायतका विदेशी नागरिक बोकेर फर्केको छ । लकडाउनको कारण अलपत्र परेका बेलायती नागरिक लिन चार्टर विमान शुक्रबार १२ बजे नेपाल आइपुगेको थियो । 

काठमाडौँस्थित संयुक्त अधिराज्य (बेलायत) ले झिकाएको चार्टर विमान दुबई हुँदै काठमाडौँ आएको र शुक्रबार दिउँसो २ बजे लण्डन फर्केको विमानस्थल स्रोतले जानकारी दिएको छ । 

लण्डनबाट रित्तै काठमाडौँ आएको चार्टर विमानमा ६ शिशुसहित २ सय ४८ यात्रु रहेको बताइएको छ । चार्टर विमानमा बेलायती, पोल्याण्ड, पोर्चुगल, अमेरिका र सेन्ट लुसियाका नागरिक पनि छन् ।

चार्टर विमान बेलायती नागरिक लिन आउने भनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भने बिहान ९ बजेदेखि नै यी यात्रुहरुका लागि ‘चेकइन काउन्टर’ खुल्ला गराएको विमानस्थल प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप