शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ आज तीन नाटक

शुक्रबार, २८ चैत २०७६, १४ : १८
शुक्रबार, २८ चैत २०७६

काठमाडौं । ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ अन्तर्गत आज शुक्रबार ‘टु बी’ र ‘म्याड म्यान्स डायरी’, ‘भोको घर’ गरेर तीन नाटक देखाइने भएको छ । थिएटर मलको आधिकारिक फेसबुक लाइभमार्फत हेर्न सकिने नाटक आज दिउँसो १ बजेबाट सुरु हुने थिएटर महलले जनाएको छ । 

तीन नाटक मध्ये ‘टु बी’ डेनमार्कको नाटक हो । यसको लेखक तथा निर्देशक ज्याक्स सेफेरियन म्यथिसन रहेका छन् । सम्बादरहित यो नाटकमा मानवअधिकार र हाम्रो जीवनमा त्यसको अर्थ तथा महत्वको बिषयमा छ । नाटकमा निर्देशक एकल प्रस्तुत हुनेछन् । 

त्यस्तै,दोस्रो नाटक ‘म्याड म्यान्स डायरी’ चिनियाँ साहित्यकार लु सुनको कथामा आधारित छ । चे शंकरको निर्देशनमा यो तयार छ । नाटकमा सुदाम सिकेको एकल अभिनय रहेको छ । नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ ले तीसको दशकमा लेखेको एकाङ्की नाटक ‘भोको घर’ मा केदार श्रेष्ठको निर्देशन रहेको छ । 

आकाश मगर, शान्ति गिरी, सुदाम सिके, सञ्जिता पराजुली र अभय बरालको अभिनय यसमा देख्न सकिन्छ । नाटकमा एकै परिधिमा रुमल्लिरहने वा रुमल्लिरहन बाध्य भएका मध्यम वर्गीय सोँच र आर्थिक संकटले पैदा गर्ने पारिवारिक समस्या देखाउन खोजिएको छ ।

थिएटर मल कीर्तिपुर रंगमंच र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल)ले मार्च २७ (चैत्र १४) विश्व रङ्गमञ्च दिवसको दिनदेखि सुरु गरेको ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ शनिबारबाट सकिनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप