जापानका नेपालीले गुल्मीमा पठाए स्वास्थ्य सामग्री
गुल्मी । जापानमा रहेका प्रदशी नेपालीहरुले गुल्मीको मुसिकोटस्थित घरदेशीहरुलाई कोरोना भाईरस विरुद्धको स्वास्थ्य सामाग्री पठाएका छन् । वामी सेवा समाज जापान नामक संस्थामा आबद्ध मुसिकोटवासीले मुसिकोट नगरपालिकाका ९ वटै वडाका लागि ३० थान पीपीई सेट, ५० वटा सेनिटाईजर र २ हजार थान माक्स पठाएका हुन् । उक्त सामग्री नगरपालिका भित्रका १३ वटा स्वास्थ्य संस्थाका लागि पठाइएको हो । जापानबाट पठाएका सामग्रीहरु समाजका स्थानीय प्रतिनिधी ज्ञानहरी सापकोटा, उज्वल खत्री, चुरामणि सापकोटा किसान सापकोटाले मेयर सोमनाथ सापकोटालाई हस्तान्तरण गरेका छन् ।
स्वास्थ्य सामाग्री बुझ्दै मेयर सापकोटाले हरेक विपद्मा वामी सेवा समाज जापानले पुराउँदै आएको योगदानलाई नगरपालिकाले उच्च सम्मान गर्ने बताए । जापानबाट त्यस समाजका अध्यक्ष कृष्णप्रसाद सापकोटाले विपद्को बेला स्वास्थ्य सामग्रीको अभाव खड्किन नदिन थोरै भए पनि सहयोग पठाईएको जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु