शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

किसानको ४ महिनाको ब्याज प्रदेश सरकारले तिर्ने, कोरोना महामारीविरुद्ध लड्दा ज्यान गुमाए ५० लाख रुपैयाँ राहत

शुक्रबार, २८ चैत २०७६, १३ : ३७
शुक्रबार, २८ चैत २०७६

जनकपुर । कोरोनाभाइरसको रोकथाम, नियन्त्रण तथा उपचारमा खटिरहेकाहरुको भाइरसको संक्रमणबाट मृत्यु भएमा पीडित परिवारलाई प्रदेश सरकारले ५० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

प्रदेश नम्बर २ को सरकारको मन्त्री परिषदको बैठकबाट कोरोना महामारी नियन्त्रणका लागि नियन्त्रण, रोकथाम तथा उपचारकार्यमा संलग्न हुने निजामति वा अन्य कर्मचारी, सरकारी, गैरसरकारी वा निजी क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सहयोगी स्वास्थ्यकर्मी, वा अन्य कर्मचारी तथा पदाधिकारीको कोरोनाको संक्रमण भइ मृत्यु भए पीडित परिवारलाई ५० लाख रुपैयाँ राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।

त्यस्तै, लकडाउनले किसानहरु पीडित भएकाले प्रदेश सरकारले किसानहरुले बैङ्क, वित्तीय संस्था वा सहकारीबाट लिएको ऋणको ४ महिनाको ब्याज तिरिदिने निर्णय गरेको जानकारी आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

मन्त्रिपरिषदको बैठकबाट कृषि कर्मको लागि किसानहरुले ५ लाख रुपैयाँसम्म लिएको ऋणमा अधिकतम १२ प्रतिशत सम्मको ४ महिनाको ब्याज प्रदेश सरकारले तिर्नेछ ।

त्यस्तै ५ लाख रुपैयाँ देखि १५ लाख रुपैयाँ सम्मको ऋणमा १२ प्रतिशत सम्मको व्याजदरमा ५० प्रतिशत, १५ लाख रुपैयाँ देखि ३० लाख सम्मको ऋणमा ४० प्रतिशत र ३० लाख  रुपैयाँभन्दा बढीको ऋणमा कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले निर्णय गरे बमोजिम ब्याज तिरिदिने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री यादवले बताए ।

यस अतिरिक्त दुध, फलफूल, तरकारी, कुखुरा तथा माछामा यसका अतिरिक्तसमेत राहत उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको उनले स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप