कोरियाले तीन महिना प्रवेशाज्ञा थप्ने
–जीवन खत्री
सिउल । दक्षिण कोरिया सरकारले यहाँ रहेर भिसा अवधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने भएको छ । कोरोना भाइरस समस्याका कारण स्वदेश फर्किन असम्भव भएका विदेशी नागरिकलाई लक्षित गरी भिसा थप्ने निर्णय गरेको न्याय मन्त्रालयले बिहीबार जनाएको छ । यसबाट कोरियामा रहेर भिसा अवधि समाप्त भएका र हुनलागेका नेपालीले पनि भिसा अवधि बढाउन सक्नेछन् ।
आगामी मे अन्त्यसम्म कोरियामा कार्यरत ६० हजार विदेशी मजदुरको भिसा सकिँदै छ । विशेषत उनीहरूलाई लक्षित गरी यो निर्णय गरिएको हो ।
यसरी भिसा थपिएको यो दोस्रोपटक हो । कोरोना भाइरस समस्याकै कारण यसअघि फेब्रुअरीमा पनि कोरिया सरकारले भिसा अवधि समाप्त भएका विदेशीलाई ५० दिन भिसा थप्ने निर्णय गरेको थियो । उक्त निर्णयबाट भिसा अवधि समाप्त भएका नेपालीलगायत एक लाख ३० हजार विदेशी नागरिकले आफ्नो भिसा अवधि बढाएका थिए । यो निर्णयसँगै फेब्रुअरीमा ५० दिन भिसा थप गर्नेहरूले पनि पुनः तीन महिनाको भिसा थप्न सक्नेछन् । यद्यपि इ–९ र इ–१० भिसाबाहकले भने आफ्नो देशको अवस्था बुझाएर मात्र भिसा थप गर्न सक्नेछन् । हाल कोरियामा आउने सबै किसिमका भिसा कोरिया सरकारले बन्द गरेको छ ।
उक्त अवधिमा कोरियामा हुने कामदारको अभावलाई समेत यस भिसा अवधि थपको नीतिले पूर्ति गर्ने देखिन्छ । भिसा थप गर्न चाहने विदेशीले अध्यागमनको वेबसाइट www.hikorea.go.kr वा फोन नम्बर १३४५ मा सम्पर्क गरी थप जानकारी लिन सकिने जनाइको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा