शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दिपाश्रीले कसलाई भनिन् ‘बिहे नगरेकाहरुले पनि बुढा भनेर बोलाउनुपर्ने’

शुक्रबार, २८ चैत २०७६, १० : २७
शुक्रबार, २८ चैत २०७६

नेपाली हास्य कलाकार तथा अभिनेता केदार घिमिरे अर्थात् ‘माग्ने बुढा’ को आज जन्मदिन हो ।

उनको जन्मदिनमा उनको आधिकारिक फेसबुक पेज शुभकामना सन्देशले रङ्गिएका छन् ।

उनलाई नेपाली सिने जगतसँग सम्बन्धित व्यक्तिहरुदेखि उनका प्रशंसकले पनि जन्मदिनको शुभकामना दिएका छन् ।

यसै पंक्तिमा निर्मात्री दिपाश्री निरौला पनि परेकी छिन् । उनले केदार र नायिका केकी अधिकारीसँग खिचिएको फोटो पोस्ट गर्दै निकै रमाइलो पारामा जन्मदिनको शुभकामना दिएकी छिन् । उनले लेखेकी छिन्, ‘बिहे नगरेकाहरुले पनि बुढा भनेर बोलाउनुपर्ने...माग्नेबुढा....हल्का रामाइलो... माग्नु जन्मदिनको शुभकामना है ।’

उनको यो पोष्टमा ७ सय बढीले कमेन्ट गरेका छन् भने पाँच हजार बढीले लाइक गरेका छन् ।

माग्ने बुढा अर्थात् केदार घिमिरेलाई रातोपाटीको तर्फबाट पनि जन्मदिनको शुभकामना ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप