बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रामायणका ‘सुग्रीव’ श्याम सुन्दर कालानीको निधन

शुक्रबार, २८ चैत २०७६, ०९ : ३४
शुक्रबार, २८ चैत २०७६

रामानन्द सागरको ‘रामायण’ (१९८७) मा बाली र सुग्रीवको भूमिका निभाउने श्याम सुन्दर कालानीको निधन भएको छ । भारतीय मिडियाका अनुसार उनको निधन करिब १० दिनअघि भएको हो । तर लकडाउनका कारण यसबारे धेरैलाई थाहा हुन सकेन ।

एक भारतीय पत्रिकाले कालानीका भाञ्जा मदनानीलाई उद्धृत गर्दै उनको २९ मार्च (आइतबार) निधन भएको बताएको छ । उनी लामो समयदेखि क्यान्सरबाट ग्रस्त थिए । कालानी हरियाणाको पिन्जोरको कालका हाउसिङमा बस्दथे ।

‘राम’ र ‘लक्ष्मण’ द्वारा शोक व्यक्तः

‘रामायण’ मा रामको भूमिका निभाउने अरुण गोविल र लक्ष्मणको भूमिकामा देखिएका सुनिल लहरीले कालानीको निधनमा शोक व्यक्त गरेका छन् । अरुणले लेखेका छन्, ‘रामानन्द सागरको रामायणमा सुग्रीवको भूमिका निभाउने श्याम सुन्दरको निधनको खबर सुनेर निकै दुःख लाग्यो । उनी निकै राम्रा व्यक्ति थिए । उनको आत्माले शान्ति पाओस् ।’

यस्तै, सुनिल लहरीले कालानीलाई श्रद्धाञ्जली दिँदै लेखेका छन्, ‘हामीसँग रामायणमा सुग्रीव र बालीको भूमिका निभाउने हाम्रा सहकर्मी श्याम कालानीको निधनबारे सुन्दा निकै दुःख लागेको छ । भगवानले उनको आत्मालाई शान्ति दिउन् र परिवारलाई यो दुःख सहने शक्ति दिउन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप