शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संसारभरी कोरोना संक्रमणले ९५ हजारभन्दा बढीको ज्यान लियो

शुक्रबार, २८ चैत २०७६, ०८ : ०८
शुक्रबार, २८ चैत २०७६

कोरोनाभाइरसले संसारभरी मानिसको मृत्यु हुने सिलसिला जारी छ । अहिलेसम्म यो महामारीका कारण ९५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार १८४ देशका १६ लाख बढी व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएको छ । साथै, साढे ३ लाख बढी निको भएर घरसमेत फर्किसकेका छन् ।

अमेरिकामा संक्रमित बिरामीको संख्या चार लाख ६० हजार पार गरेको छ जबकि यहाँ १६.६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

यस्तै, भारतमा संक्रमित बिरामीको संख्या ५ हजार ८ सय पार भएको छ । हालसम्म यहाँ १६९ बिरामीको मृत्यु यो भाइरसका कारण भएको छ ।

मृत्युको आँकडालाई हेर्ने हो भने इटलीको स्थिती अहिलेसम्म पनि भयावह छ । इटलीमा कोरोना संक्रमितको संख्या १ लाख ४३ हजार ६ सय २६ छ । यहाँ अहिलेसम्म १८ हजार २ सय ७९ को मृत्यु भइसकेको छ । कोरोना संक्रमित २८ हजार ४ सय ७० जना निकोसमेत भइसकेका छन् । जबकी स्पेनमा १ लाख ५३ हजार २ सय २२ जना कोरोनाभाइरसद्वारा संक्रमित छन् । यहाँ अहिलेसम्म १५.४ हजार व्यक्तिको मृत्यु भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप