शल्यक्रिया गर्न १०१ वर्षीय वृद्ध अस्पताल पुगेः भेट्यो कोरोनाले, निको भएर अस्पतालबाट डिस्चार्ज हुँदा देखाए ‘थम्ब्स अप’
कोरोनाभाइरसबाट सबैभन्दा धेरै ज्येष्ठ नागरिक प्रभावित भएका छन्, यो कुरा केही हदसम्म स्पष्ट भइसकेको छ । तर १०१ वर्षका कीथ वाटसन कोरोना भाइरसलाई हराउन सफल रहे ।
बेलायतको वोरसेस्टरशायरमा बस्ने कीथलाई शल्यक्रियाका लागि अस्पतामा भर्ना गरिएको थियो तर त्यहाँ उनलाई उच्च ज्वरो आयो । कोरोनाको परीक्षण गर्दा पेजेटिभ आयो ।
उनकी बुहारी जो वाटसन भन्छिन्, ‘उनी यो उमेरमा पनि कमालका छन् ।’
कीथ निको भएपछि जब उनलाई डिस्चर्ज गरियो तब उनीसँग अस्पतालका डाक्टर नर्सले फोटो खिचाए । उक्त तस्बिर अस्पतालले आफ्नो फेसबुक पेजमा पनि सेयर गरेको छ ।
उक्त तस्बिरमा आठ सय बढी कमेन्ट आइसकेको छन् । यो ६ हजार बढी पटक सेयर भइसकेको छ ।
बीबीसीसँगको कुराकानीमा जो वाटसनले कीथ निको भइरहेको र उनले बुधबार अस्पतालबाट छुट्टी पाएको जानकारी दिइन् ।
उनी भन्छिन्, ‘शल्यक्रियाका लागि अस्पताल जानु एउटा भिन्न कुरा हो । तर जब उहाँमा कोरोना भाइरस देखियो भन्ने थाहा भयो तब हामीलाई असाध्यै डर लागेको थियो । हाम्रो मनमा विभिन्न नकारात्मक विचार आउन थालेको थियो । तर आफ्नो उमेरको हिसाबले उहाँको स्वास्थ्यस्थिती निकै राम्रो छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू