शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संसद्को ३६ घण्टा ३० मिनेट

शुक्रबार, २८ चैत २०७६, ०५ : ४१
शुक्रबार, २८ चैत २०७६

काठमाडौं – संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभा गरी ५१ बैठक बसेका छन् । दुवै सदनमा १७ विद्येयक दर्ता भए पनि चार विद्येयक मात्रै पारित भएका छन् । 

संघीय संसद्को प्रतिनिधिसभाको सभामुख चयन हुन नसक्दा अधिवेशन सुरु भएको एक महिना बित्दासमेत कामबिहीन भएको थियो । सभामुखको निर्वाचन ढिलो हुनु र निर्धारित बैठक पनि सञ्चालन नहुँदा प्रतिनिधिसभामा जम्मा ६ विद्येयक मात्रै दर्ता भए । जसमा एक गैरसरकारी विद्येयकसमेत रहेको छ । 

४ पुसमा सुरु भएको संघीय संसद्को पाँचौँ अधिवेशन २४ चैतमा अन्त्य भएको थियो । जम्मा १ सय ९ दिन चलेको अधिवेशनमध्ये प्रतिनिधिसभातर्फ ३० दिनमा २४ पटक बैठक बसी जम्मा ३५ घण्टा ३० मिनेट संसदीय काम कारबाहीमा बित्यो ।

सो अवधिमा प्रतिनिधिसभामा ६ विद्येयक दर्ता भए भने राष्ट्रियसभामा ११ विद्येयक दर्ता भए । प्रतिनिधिसभाबाट ८ र राष्ट्रियसभाबाट ९ विद्येयक पारित भए । यो समाचार आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप