शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी राजपरिवारका १५० जनामा कोरोना संक्रमण, राजा सलमान समुद्री टापुमा !

शुक्रबार, २८ चैत २०७६, ०० : १०
शुक्रबार, २८ चैत २०७६

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमणबाट साउदी राजपरिवारका मात्र १५० सदस्य संक्रमित भएका छन् । परिवारै कोरोनाबाट संक्रमित भएलगत्तै सम्भावित खतराबाट जोगिन राजा सलमान भने समुद्री टापुतिर लागेका छन् । साउदी अरेबियाले कोरोना संक्रमणको पहिलो केस दर्ता गरेको ६ हप्तापछि शाही परिवारमा त्यति धेरै व्यक्तिमा संक्रमण भएको पुष्टि भएको हो ।

राजपरिवारमा यति धेरै संक्रमित भेटिएपछि अहिले त्यहाँ निकै ठूलो त्रास फैलिएको बताइएको छ । अहिले साउदी दरबारमा करिब १५० जनामा कोरोना संक्रमित भएको र त्यहाँ आतंक मच्चिएको राजपरिवारका एक व्यक्तिले दिएको सूचनालाई उदृत गर्दै जागरन डट कमले लेखेको छ । संक्रमित हुनेहरुमा धेरै शाही परिवार र वरिपरिका सदस्य भएको बताइएको छ ।

परिवारमा कोरोनाको सन्त्रास फैलिएपछि राजा सलमान आफ्नो सुरक्षाका लागि लालसागरस्थित जेद्दाह शहरको टापुमा रहेको दरबारमा सेल्फ क्वारेन्टाइनमा बस्न गएका छन् भने राजकुमार मुहम्मद बिन सलमान केही मन्त्रीहरुसहित उही तटको दुर्गम क्षेत्रमा गएका छन्, जुन क्षेत्रमा उनले भविष्यमा नेओम नामको शहर बसाल्ने योजना बनाइरहेका छन् ।

कोरोना महामारीको सन्त्रासपछि साउदी अरेबियाले मक्का मदिना लगयात मुस्लिमहरुका पवित्र स्थलहरुमा समेत आवतजावतमा प्रतिबन्ध लगाइसकेको छ । देशभित्र र बाहिर सबै प्रकारका हवाई र स्थल यातायात बन्द गरिसकेको छ भने ठूला शहरहरुमा २४ घण्टे लकडाउन घोषणा गरिएको छ । विश्वकै सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियामा कोरोना संक्रमणका कारण ४१ जनाको मृत्यु भइसकेको छ भने २ हजार ७ सय ९५ जनामा संक्रमण पुष्टि भइसकेको छ । विश्वभर कोरोनाबाट संक्रमित हुनेहरुको संख्या १५ लाख नाघिसकेको छ । –जागरण डटकमबाट अनुवाद

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप