बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा शिल्ड योजनाको घोषणा

बिहीबार, २७ चैत २०७६, २३ : ०६
बिहीबार, २७ चैत २०७६

एजेन्सी । भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले ‘शिल्ड (एसएचआईइएलडी)’ योजना लागू गर्ने घोषणा गरेका छन् ।राष्ट्रिय राजधानी समेत रहेको दिल्ली प्रदेशमा कोरोना भाईरस विरुद्धको लडाईका लागि मुख्यमन्त्री केजरीवालले बिहीबार यो योजनाको घोषणा गरेका हुन् । 

‘हामीले कोरोना भाइरसका सङ्क्रमित भेटिएका दिल्लीका २१ ठाउँलाई शिबिर जस्तै बनाउने छौँ, त्यसका लागि शिल्ड योजना लागू गर्नेछौँ,’ उनले भने । सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा उनले ‘शिल्ड’ एसको अर्थ सिलिङ अर्थात धुरी भित्रै बस्नु, अन्यत्र कतै नजानु भन्न खोजिएको जानकारी दिए । 

त्यसैगरी आइसोलेसनमा बस्नु पर्नेहरु एकान्तमा नै रहनुपर्ने र त्यसको पर्याप्त व्यवस्था गरिएको मुख्यमन्त्री केजरीवालले बताए ।उनले भने, ‘अत्यावश्यक सेवा तथा कार्यहरुलाई निर्वाध रुपमा सञ्चालन हुन दिने र त्यो सेवा घरदैलोमै हुन्छ । ग्राहकले भिड गर्न पाईदैन भन्ने हो ।’

स्थानीयस्तरबाट सरसफाई र स्वास्थ्य सुरक्षाका उपाय अपनाउनु र ढोका भित्रै परीक्षणको व्यवस्था गरिने पनि उहाँले कार्यक्रमको उद्देश्य रहेको उनले बताए । यी उपायहरु अपनाएमा मात्रै कोरोना भाइरस विरुद्धको लडाई जित्न सकिने मुख्यमन्त्री केजरीवालले स्पष्ट पारेका छन् ।

भारतको दिल्ली प्रदेशमा बिहीबार बेलुकासम्म ६६९ जना कोरोनाबाट सङ्क्रमितहरु भेटिएका छन् ।   भारतमा देशभरी पाँच हजार ८६५ जना सङ्क्रमित भएको र १६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

अहिलेसम्मका कुल सङ्क्रमितमध्ये पाँच हजार २१८ जना अहिले पनि विरामी अवस्थामै रहेका छन् भने अन्य ४७८ जना निको भएर घर फर्किएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप