तारा मण्डलद्वारा सरकारी होस्टेलका विद्यार्थीलाई राहत वितरण
काठमाडौँ । करोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै तारामण्डल महिला सशक्तीकरण अभियानले सरकारी होस्टेलका विद्यार्थीहरू र काठमाडौँमा कोठा भाडामा बसेर पढ्दै गरेका विद्यार्थीहरूलाई राहत सामग्री वितरण गरेको छ ।
बिहीबार स्वयम्भुमा रहेको विजेश्वरी होस्टेलमा उपस्थित भएर तारामण्डलले विद्यार्थीहरूलाई खाद्यान्न वितरण गरेको हो । संस्थाले हुम्ला, जुम्लाकालिकोट जस्ता पिछडाएका जिल्लाबाट त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई समेत वितरण गरेको हो ।
पढ्नका लागि आएका विद्यार्थीहरूलाई लकडाउनले उत्पन्न गराएको समस्याले पढाइमा असर नपुगोस् भन्ने हेतुले राहतवितरण गरेको तारामण्डलकी अध्यक्ष कुन्ती पोखरेलले बताइन् ।
विद्यार्थीका प्रतिनिधित्व गर्दै महेश सिंहले दैनिकी काम गर्दै र त्यही प्राप्त भएको पैसाले पढे र आफ्नो जिवोनोयपन गर्दै आएका विद्यार्थीहरूलाई लकडाउनले नकारात्मक असर ल्याएको र सरकारले यस विषयमा ध्यान दिनुपर्ने बताएका छन् र यसका साथसाथै उनले तारामण्डललाई विशेष धन्यवाददिएका छन्।
तारामण्डलले बुधवार पनि महानगरपालिका सहित चार नगरपालिकामा समेत राहत सामग्री हस्तान्तरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी