२२ कैदीबन्दी रिहा
बिहीबार, २७ चैत २०७६, १९ : ४९
कोभिड –१९ को सम्भावित जोखिम रोक्न जिल्लाका २२ कैदीबन्दी रिहा भएका छन् ।
फौजदारी संहिताको दफा १५५ अनुसार एक वर्ष वा सोभन्दा कम समय कैद सजायँ भुक्तान गर्न बाँकी कैदीलाई सजायँ भुक्तान हुन बाँकी समयको प्रत्येक दिनको रु तीन सयका दरले राजश्व दाखिला गरेपछि कैदीबन्दी छुट्ने व्यवस्था रहेको जिल्ला कारागार शाखाका प्रमुख गंगाराम योगीले जानाकारी दिए ।
कारागारबाट छाडिएकामा चार महिला तथा १८ पुरुष छन् । यसबाहेक आश्रित दुई बालबालिकालाई पनि आमाबाबुसँंगै छाडिएको छ ।–––
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम उपनिर्वाचन : एमाले उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान
-
मन्त्री परिवर्तनको असर : पूर्वाधार विकास कार्यालय गौरमा तालाबन्दी
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?