शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको कोरोना कोषमा 'यती समूह'ले दियो १ करोड

बिहीबार, २७ चैत २०७६, १९ : २८
बिहीबार, २७ चैत २०७६

काठमाडौं– कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा यती समूहका लगानीकर्ताहरुको तर्फबाट समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पाले एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणले नेपाल लगायत विश्व नै ठप्प बनेको यस घडीमा माहामारीलाई रोकथाम तथा न्यूनीकरण गर्न नेपाल सरकारलाई सहयोग गरिएको यतीले जनाएको छ ।

नेपाली जनताको जीवन रक्षाका लागि चालिएको सरकारको यस कदमलाई साथ दिनु आफ्नो कर्तव्य भएको समूहले जनाएको छ ।

व्यवसाय ठप्प छ, अर्थतन्त्र ओरालो लागेको अवस्था छ, तर व्यवसायभन्दा पनि देश र जनताको पक्षमा ‘यती समूह’ उभिएको जानकारी गराउँदै यस्ता सहयोग निरन्तर जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप