शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलका समाजसेवी गुरुङद्वारा कोरोना रोकथाम कोषमा ३ लाख सहयोग

बिहीबार, २७ चैत २०७६, १९ : २१
बिहीबार, २७ चैत २०७६

बुटवल । सरकारले स्थापना गरेको विपत व्यावस्थापन राहत कोषमा बुटवलका समाजसेवी शेरबहादुर गुरुङले ३ लाख रुपैयाँ सहयोग गरेका छन् । बुटवल उपमहानगरपालिका ११ निवासी समाजसेवी  शेरबहादुर गुरुङले सरकारले विपत ब्यबस्थापन लागि सञ्चालन गरेको राहत कोषमा सहयोग पुर्याउने उद्देश्यले प्रदेश सरकार र संघीय सरकारलाई ३ लाख रुपैयाँ प्रदान गरेका हुन् ।

पूर्वराजसभा सदस्य समेत रहेका समाजसेवी गुरुङले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई आज १ लाख रुपैयाँ नगद हस्तान्तरण गरेका छन् भने प्रदेश नम्वर ४ र संघीय सरकारलाई पनि बैकबाट एक–एक लाख रुपयाँ दिने भएका छन् ।

पर्वतमा जन्मिएका समाजसेवी गुरुङले विपतको बेला सहयोग गर्नु सबैको दायित्व भएको भन्दै आफ्नो जन्मभूमि प्रदेश नम्बर ४ र संघीय सरकारलाई पनि राहत कोषमा रकम हस्तान्तरण गर्ने बताए । त्यसका लागी ४ नम्बर प्रदेश मुख्यमन्त्री पृथ्वी गुरुङ र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापासँग कुराकानी भएको उनका छोरा अशोक गुरुडले बताए ।

यस क्षेत्रमा विभिन्न सामाजिक संघ–संस्थामा लामो समय काम गरेका ९२ वर्षीय गुरुङले सरकारले स्थापना  गरेको राहत कोषमा आफुले पनि एउटा इँटा थप्ने उद्देश्यले नगद हस्तारण गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप