नवलपरासीको ऐतिहासिक नन्दन ताल अतिक्रमणको चपेटामा
परासी– नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा रहेको ऐतिहासिक नन्दनताल संरक्षणको र प्रवद्र्धनको अभावमा लोप हुने अवस्थामा पुगेको छ ।
जिल्लाको हकुई र सनई गाउँको सिमानामा जोडिएको उक्त ताल संरक्षण र विकासको अभावमा ओझेलमा परेको हो । करिब एक सय ३४ विघाहा क्षेत्रफमा फैलिएको उक्त ऐतिहासिक नन्दन तालको संरक्षण र विकासमा सम्बन्धित निकायले ध्यान नदिँदा तालको अस्तित्व नै मेटिने खतरा भएको सरोकारवालहरुले बताएका छन् ।
नेपालका तालहरुमध्ये तेश्रो स्थानमा पर्ने यो तालमा पहिला पानी भरि हुने गर्दथ्यो । तालमा विभिन्न प्रजातीका चराचुरुङ्गीहरु आउनुका साथै विभिन्न फुलहरु फुलेर सुन्दर भएपनि स्थानीयले नै मिच्दै जाँदा तालको अस्तित्व नै मेटिने अवस्थामा पुगेको स्थानीय समाजसेवी धरेन्द्र यादवले बताए ।
अतिक्रमणपछि ताल अहिले पुरै खेत जस्तै बनेको छ । केहिवर्ष तालमा बाँध बाधेर ठेक्कामा लगाउने साविक सनई गाविसको योजना भएपनि स्थानीयको अवरोधका कारण त्यो योजना कार्यन्वयन हुन सकेको थिएन । यसैवीच पाल्हीनन्दन गाउँपालिकका अध्यक्ष बैजु प्रसाद गुप्ताले अतिक्रमित ताललाई जोगाएर संरक्षण र विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार