शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं मेरियट होटलले बाल्यो आशाको दीप

बिहीबार, २७ चैत २०७६, १९ : ११
बिहीबार, २७ चैत २०७६

काठमाडौं— नक्सालमा अवस्थित काठमाडौं मेरियट होटलले यस्तो महामारीको अवस्थामा सम्पूर्ण अतिथिहरु र कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्न विशेष कदम चालेको छ । 

होटलले यस्तो स्थितिमा पनि कोरोना रहित विश्व बनाउन चौबीसै घन्टा काम गरिरहेका कर्मचारीहरुको प्रशंसास्वरुप मुटु आकारको चिन्ह अंकित गरेको छ ।

नेपाल सरकारको निर्देशन अनुसरण गर्दै होटलले पूर्ण क्षमताले काम नगरेको भएपनि यसले होटलमा पहिले नै बसिरहेका अतिथिहरुको सेवामा यथासक्दो गरिरहेको छ । होटलमा डब्लूएचओद्वारा निर्दिष्ट रोकथामा उपायहरुको बारेमा पोस्टर र साइनबोर्डहरु राखिएको छ जसले अतिथिहरु र कर्मचारीहरुलाई शिक्षा दिदँै आइरहेको छ । 

होटलले अतिथिहरुले चेक इन गर्दा तापक्रम पनि जाँच गरिरहेको छ । कर्मचारीहरुलाई पनि अतिथिहरु कम्तीमा ३ फिटको दुरिमा बसिरहेको सुनिश्चित गर्न कडा निर्देशन दिइएको छ । यसका साथै आवश्यकता र कुनै प्रकारका मेडिकल आवश्यकतालाई सहयोग गर्न अन्य कर्मचारीहरु चौबीसै घण्टा उपलब्ध छन् ।

ब्रेड र अन्य बेकरी आइटम अर्डरका लागि होटेलको पेटिसेरी र काठमाडौं बकिङ्ग कम्पनी पनि खुल्ला रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप