बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमितको संख्या १५ लाख नाघ्यो , कुन देशमा कति संक्रमित ?

बिहीबार, २७ चैत २०७६, १८ : ३६
बिहीबार, २७ चैत २०७६

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १५ लाख नाघेको छ । वल्र्ड मिटर्स डट इन्फोको डाटाअनुसार समाचार तयार गर्दासम्म १५ लाख ३२ हजार ४ सय ३९ जनामा संक्रमण भेटिएको छ ।  यसमध्ये ८९ हजार ७ सय १६ जनाको मृत्यु भएको छ । ३ लाख ३७ हजार ४ सय ६८ जना संक्रमणपछि निको भइसकेका छन् । 

११ लाख ५ हजार २ सय ५५ जनामा संक्रमण कायम छ । यसमध्ये ९६ प्रतिशतमा सामान्य लक्षण देखिएको छ भने ४ प्रतिशत अर्थात ४८ हजार २ सय ३५ जना गम्भीर अवस्थामा छन् । कोरोनाको महामारीपछि विश्वका धेरै देशमा लकडाउन गरिएको छ । अन्तर्राष्ट्रिय उडान ठप्पजस्तै छ, उद्योग बन्द हुँदा अर्थतन्त्रमा ठूलो नोक्सानी पुगेको छ भने करोडौंले रोजगारी गुमाइसकेका छन् ।

कुन देशमा कति संक्रमण ?

सर्वाधिक धेरै संक्रमित अमेरिकामा छन् । यहाँ ४ लाख ३५ हजार १ सय ६० जनामा संक्रमण देखिएको छ । स्पेनमा १ लाख ५२ हजारभन्दा बढी, इटलीमा १ लाख ३९ हजारभन्दा बढी, जर्मनीमा १ लाख १३ हजारभन्दा बढी र फ्रान्समा १ लाख १२ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । इटलीमा सर्वाधिक धेरै (समाचार तयार गर्दासम्म) १७ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ । चीनमा सर्वाधिक धेरै (समाचार तयार गर्दासम्म) ७७ हजार ३ सय ७० संक्रमित निको भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप