प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा दुईजना पक्राउ
काठमाडौँ ।काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ऐसेंलुखर्क १, खोटाङ घर भएका ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेको पनौती घर भई चुनीखेल बस्ने ४६ वर्षीय रामकुमार राघु श्रेष्ठ रहेका छन् ।
पक्राउ परेका ताराले प्रधानमन्त्रीलगायत पूर्वप्रधानमन्त्री, वर्तमान रक्षामन्त्रीको तस्बिर प्रयोग गरी अमर्यादित कार्य गरेको प्रहरीको आरोप छ ।
यस्तै रामकुमारले प्रधानमन्त्री ओलीको तस्बिर बिगारेर फेसबुकमा सेयर गरेको आरोप छ । उनीहरुलाई साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
सामाजिक सञ्जालमा प्रधानमन्त्रीविरुद्ध अफवाह फैलाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक (एसपी) नविन्द्र अर्यालले पुष्टि गरे ।
पक्राउ परेका दुवै जनामाथि साइबर अपराधमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हाम्रो औकात, क्षमता र आवश्यकता अनुसार खेलकुदको योजना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता
-
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र
-
आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्न काठमाडौँ महानगरले गरायो सचेत