शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश ५ मा र्‍यापिड टेस्ट हुने

बिहीबार, २७ चैत २०७६, १८ : १७
बिहीबार, २७ चैत २०७६

बुटवल । प्रदेश ५ सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टिनमा बसेका सबै जनाको र्‍यापिड टेस्ट  गर्ने भएको छ । हालसम्म यो प्रदेशका १२ जिल्लामा २ हजार ५ सय ६ जना क्वारेन्टिनमा बसेको तथ्यांक प्रदेश सरकारले राखेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले संक्रमणको जोखिम घटाउनका लागि र्‍यापिड टेस्ट  किटबाट क्वारेन्टिनमा बसेका सबैको परीक्षण हुने भएकाले जिल्ला स्वास्थ्य कार्यालयमा सबै विवरण दिन सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

क्वारेन्टिनमा बसेका व्यक्तिहरुको स्वास्थ्य परीक्षणका लागि आजदेखि २ जिल्ला हेर्नेगरी ६ वटा स्वास्थ्यकर्मीको टोली बनेको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिएका छन् ।

उनले रातोपाटीसँग भने, 'भोलिदेखी प्रदेश ५ का सवै जिल्ला  टेस्टको काम हुन्छ , सम्भव भए आज पनि केही जिल्लामा गरिन्छ ।'

उनले शंका लागेर २ हप्तादेखि क्वारेन्टिनमा बसेका सबै जनाको र्‍यापिड टेस्ट गर्न लागिएको बताए ।

यसरी टेस्ट गरिएका व्यक्तिको रिपोर्ट नेगेटिभ आएमा घर पठाइने र पोजेटिभ आएमा स्वाब परीक्षण गरिने जनाइएको छ । यो टेस्ट गर्नका लागि संघीय सरकारले ५ हजार थान किट पठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप