कोठा भाडा लिएर बसेका विद्यार्थीको अभिभावकत्व ग्रहण गर्न तयार छौं : मेयर प्रसाईं
सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंले आफ्नो नग भित्रका सामुदायिक क्याम्पस र उच्च माबिमा अध्ययन गर्न नगर बाहिर बाट आएर डेरा गरेर बस्ने बिध्यार्थीहरुलाई खाद्यान्नको कमी हुन नदिने घोषणा गरेका छन् ।
विहीबार सामाजिक संञ्जाल फेसबुकमार्फत कोभिड १९ का कारण देशमा भईरहको लकडाउनका कारणले घर परिवार बाट टाढा रहेर हरिवनमा अध्ययरत बिद्यार्थीहरुलाई आफूले अभिभावकत्व प्रदान गर्ने भन्दै मेयर प्रसाईले सो कुराको आह्वान गरेका हुन् ।
उनले भने, 'घर र परिवार छोडेर अध्ययन गर्न यहाँ बस्नुहुने सबैको अभिभावकत्व ग्रहण गर्न हामी तयार छौं । यसका लागि सल्लाह सुझाब दिनुहुने सबैलाई धन्यवाद ।'
सो काममा सहयोग गर्न कृयाशिल सबै बिद्यार्थी संघ संगठनसँग अनुरोध समेत गरे ।
उनले लेखेका छन्, 'सो काममा सहयोग गरिदिनु हुन कृयाशिल सम्पूर्ण बिध्यार्थी संघ संगठनहरु र यहाँको स्वतन्त्र बिध्यार्थी युनियनलाई समेत आह्वान गर्दछु ।'
हरिवन नगरपालिका भित्रका सामुदायिक क्याम्पस र उच्च माबिभित्र अध्ययन गर्ने बिद्यार्थीहरुलाई खाद्यान्न अभाव भए सम्पर्कमा आउन पनि आग्रह गरे ।
मेयर प्रसाईले लेखेका छन्, 'उच्च शिक्षा हासिल गर्ने अभिलाषा बोकेर हाम्रो हरिवन नगरपालिका भित्रका सामुदायिक क्याम्पस र उच्च माबिभित्र अध्ययन गर्ने बिद्यार्थीहरु जो आफ्ना अभिभावकहरुबाट टाढा रहनु भएको छ । जो कोठा भाडा लिएर यस नगरभित्र हुनुहुन्छ, तपाईहरु खाद्यान्न अभावमा बस्नु पर्दैन । सम्पूर्ण बिध्यार्थी भाइ बहिनिलाई हाम्रो सम्पर्कमा आइदिन हुन आह्वान गर्दछु ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)
-
१० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
-
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि