बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतबाट फर्किएका सांसद यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन

मापदण्डअनुसार क्वारेन्टाइनमा गएर भेटेको हुँ : सांसद यादव
बिहीबार, २७ चैत २०७६, १७ : ३८
बिहीबार, २७ चैत २०७६

काठमाडौँ । अनाधिकृत रुपमा भारतीय क्वारेन्टाइनमा रहेका मानिसलाई भेटेर फर्किएका संघीय सांसद प्रदीप यादवलाई गृहमन्त्रालयले क्वारेन्टाइनमा राख्न जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिएको छ ।

बिहीबार गृहमन्त्रालयले समाजवादी पार्टी नेपालका सांसद रहेका यादवलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन निर्देशन दिइएको गृहमन्त्रालयका उपसचिव तथा सूचना अधिकारी उमाकान्त आधिकारीले रातोपाटीलाई जानकारी दिए । 

अधिकारीका अनुसार सांसद यादवले भारतीय क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेटेर फर्किएपछि कानुनले तोकेबमोजिम क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न सिडिओ कार्यालय पर्सालाई निर्देशन दिइएको हो । 

‘जो कोहीले पनि क्वारेन्टाइनमा बसेका व्यक्तिलाई भेट्न पाउँदैन । यदि कसैले भेटेको जानकारी आयो भने क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ,’ अधिकारीले भने ।

सांसद यादवसँग पत्रकार रितेश त्रिपाठी, अनिल तिवार र उनका निजी चालक हिरामन पटेल पनि भारत गएका थिए । उनीहरुलाई पनि होम क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ । 

उनीहरुले त्यहाँ क्वारेन्टाइनमा रहेकाहरुको बारेमा जानकारी लिनुको साथै त्यहाँका एसएसबीका कमान्डेन्ट राजकुमार कुमावत, प्रखण्ड विकास पदाधिकारी कुमार प्रशान्त, रक्सोल नगर कार्यपालिकाका अधिकृत गौतम आनन्द, भूमि उपसम्हारता मनिस कुमारलगायतसँग पनि छलफल गरेका थिए ।

गृहको निर्देशनसँगै सांसद यादव होम क्वारेन्टाइनमा बसेका छन् । 

 मापदण्डअनुसार क्वारेन्टाइनमा गएर भेटेको हुँ : सांसद यादव

यता सांसद यादवले आफू विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार क्वारेन्टाइनमा गएर नेपालीहरुलाई भेटेको बताएका छन् । 

डेढ मिटर टाढाबाटै उनीहरुसँग कुरा गरे, कसैसँग हात पनि मिलाइएन तैपनि आफूमाथि विरोधीहरुले षड्यन्त्र गरेर विरोध गरेको उनले प्रतिक्रिया दिए ।

उनले आफू कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि दिनरात काम गरिरहेका थिए त्यो सहन नसकेर विरोधीहरुले षड्यन्त्र गरेर आफूलाई होम क्वारेन्टाइनमा बस्न लगाएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप