बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

फिफा बरियतामा नेपाल यथास्थानमा

बिहीबार, २७ चैत २०७६, १७ : ३३
बिहीबार, २७ चैत २०७६

काठमाडौं । फिफा बरियतामा नेपाल यथा स्थानमा रहेको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहिबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १ सय ७० औं अर्थात् यथास्थानमा रहेको हो । कोरोना भाईरसको कारण फुटबलका गतिविधि ठप्प भएसँगै बरियतामा समेत फेरबदल नभएको हो । नेपाल दक्षिण एसियाली राष्ट्रमा तेस्रो स्थानमा छ । 

दक्षिण एसियामा शीर्षस्थानमा रहेको भारत १ सय आठौं बरियतामा छ । दोस्रो स्थानमा रहेको माल्दिभ्स एक सय ५५ औं स्थानमा छ । यसैगरी भुटान एक ८९औं, बंगलादेश एक ८७ औं, श्रीलंका २ सय ६ र पाकिस्तान २ सय स्थानमा छन् । विश्व वरियताको शीर्षस्थानमा बेल्जियम छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो र उरुग्वे पाँचौं स्थानमा छन् । यसैगरी क्रोएसिया, पोर्चुगल, स्पेन, अर्जेन्टिना र कोलम्बिया क्रमशः छैटौं देखि १० औं स्थानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप