सांसदलगायतको तलब सुविधा कटौती गरी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुविधा बढाऔँ : गगन थापा
बिहीबार, २७ चैत २०७६, १७ : ०६
२
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद गगन थापाले सांसदलगायको तलब सुविधा कटौती गर्न सुझाएका छन् । विहीबार ट्वीट गर्दै थापाले कम जोखिममा काम गरिरहेकाहरूको तलब सुविधामा कटौती गरेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको तलब भत्ता, सुविधा र सुरक्षामा बढोत्तरी गरी मनोबल बढाउन सुझाएका हुन् ।
उनले लेखेका छन्, 'महासंकटको यो घडीमा,हामी सांसद लगायत कम जोखिममा काम गरिरहेकाहरूको तलब सुविधामा कटौती गरेर आफ्नो जीवनको पर्वाह नगरी अग्रभागमा रहेर कर्तव्यको पालना गरिरहेका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी लगायतको तलबभत्ता,सुविधा र सुरक्षामा बढोत्तरी गरी मनोबल बढाउने प्रयास गरौं।'
प्रहरी प्रधान कार्यालय नक्सालले ‘कोरोना उपचार राहत कोष’मा रकम जम्मा गर्न भन्दै प्रहरी अधिकृतहरुको तलब कटौती गरेपछि उनको यस्तो प्रक्रिया आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ