बुन्डेस लिगा अर्को महिना सुरु हुने
एजेन्सी । कोरोना भाईरसका कारण स्थगित बुन्डेस लिगा अर्को महिना सुरु हुने भएको छ । जर्मन फुटबल लिग (डिएफएल) ले लिगका बाँकी खेल मे महिनामा सुरु गर्ने तयारी गरेको छ । लिगका खेलहरु बन्द स्टेडियममा हुनेछन् ।
डिएफएलले क्लबहरुको सहमतिमा लिग मे मा सुरु गरी जुन ३० तारिखसम्म सक्ने तयारी गरेको हो । बन्द स्टेडियममा खेल सञ्चालन गर्दा खेलाडी अफिसियल र ब्रोडकास्टर टोलीका सदस्य गरी २ सय ५० जना भन्दा बढी मानिस नरहने बताइएको छ । बुन्डेस लिगाका प्रमुख कार्यकारी अधिकृत क्रिस्टियन सेफर्टले जर्मनमा मानिससहरु विस्तारै काममा फर्कन चाहेकोले मेमा लिग फुटबल सुरु हुने बताए । लिग सुरु गर्दा धेरै क्लबहरुलाई आर्थिक संकटबाट बचाउन सकिनेछ, क्रिस्टियनले भने । लिग सुचारुको विषयमा अन्तिम निर्णय भने हुन बाँकी नै छ ।
अहिले युरोपका सबैखाले लिग अप्रिल ३० तारिखसम्म स्थगित छ । बुन्डेस लिगाका कतिपय क्लबले सानो समूहमा तयारी र प्रशिक्षण नै सुरु गरिसकेका छन् । लिगमा अझै नौ खेल खेल्न बाँकी छ । २५ खेल सकिँदा शीर्षस्थानमा रहेको बायर्न म्युनिखको ५५ अंक छ । दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डको ५१ अंक र तेस्रो स्थानमा रहेको आरबी लेइपजिजको ५० अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !