बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसबारे नोभेम्बरमै अमेरिकाले गरेको थियो चीनमा सुराकी

बिहीबार, २७ चैत २०७६, १६ : ३४
बिहीबार, २७ चैत २०७६

अमेरिकी गुप्तचर संस्थाहरुले नोभेम्बरमै कोरोना भाइरसबारे चीनमा सूचना संकलन गरेको खुलासा भएको छ । 

एक पूर्वअमेरिकी अधिकारीले सीएनएनलाई दिएको जानकारीअनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको नियमित गुप्तचर ब्रिफिङमा कोरोनाले प्रवेश पाउनुभन्दा हप्तौंअघि नै सूचना संकलन थालिएको थियो । 

पहिलो रिपोर्टको ठ्याक्कै मिति स्पष्ट छैन, तर स्रोतले सीएनएनलाई दिएको जानकारीहरुअनुसार नोभेम्बरदेखि नै सुचना संकलन सुरु गरेर अमेरिकी प्रशासनलाई सम्भाव्य महामारीबारे धेरैअघि सचेत गराइएको थियो । स्रोतका अनुसार ३ जनवरीमा पहिलोपटक गुप्तचरहरुले नोबेल कोरोना भाइरसबारे संकलन गरेका सूचना औपचारिक रुपमाराष्ट्रपतिसँगको नियमित ब्रिफिङमापेश गरिएको थियो र अमेरिकासहितका देशमा यसले पार्ने सम्भाव्य प्रभावबारे पनि चर्चा भएको थियो । 

दृश्यपछाडि यसभन्दा हप्तौंअघि नै सिआईए र अन्य गुप्तचर निकाय चीन केसँग जुध्दैछ भनेर खोजी गर्दै थिए ।

यसअघि बुधबार राति एबीसी न्यूजले यसबारे पहिलोपटक खुलासा गरेको थियो । एबीसीले प्रशारण गरेको रिपोर्टमाभनिएको छ, ‘डिफेन्स इन्टेलिजेन्स एजेन्सीअन्तर्गतको नेशनल सेन्टर फर मेडिकल इन्टेलिजेन्सले नोभेम्बरमै उहान क्षेत्रमा नयाँ भाइरस फैलिएको र यसले त्यहाँको जनजीवन प्रभावित गरेकोसुचना पाइसकेको थियो ।’

एबीसी न्युजलाई स्रोतले जानकारी दिएअनुसार यसबारे धेरैपटक डिफेन्स इन्टेलिजेन्स एजेन्सी , पेन्टागनको ज्वाइन्ट स्टाफ र ह्वाइट हाउसलाई जानकारी गराइएको थियो । मेडिकल इन्टेलिजेन्सले एशियामा रहेका अमेरिकी सैनिकमा भाइरस सर्नसक्ने खतराबारे पनि सरकारको ध्यानाकर्षण गराएको थियो । 

सुरक्षा अधिकारीले भने यो विषय अस्विकार गरेका छन् । ‘नेशनल सेन्टर फर मेडिकल इन्टेलिजेन्स र डिफेन्स इन्टेलिजेन्सले पछिल्लो २४ घण्टा यस विषयसँग सम्बन्धित रहेर हरसम्भाव्यताबारे अनुसन्धान ग¥यो छ  र पहिल्यै जानकारीमा आएको त्यस्तो केही भेटिएको छैन,’ सीएनएनसँग एक अधिकारीले भनेका छन् । 

यसअघि पेन्टागनले पनि एबीसी न्युजले बुधबार राती सार्वजनिक गरेको रिर्पोट गलत भएको भन्दै विज्ञप्ती निकालेको थियो ।नेशनल सेन्टर फर मेडिकल इन्टेलिजेन्सका निर्देशक कोलोनेल डाक्टर आर सान डेले पनि समाचारको खण्डन गरेका छन् ।  ‘परम्पराअनुसार नेशनल सेन्टर फर मेडिकल इन्टेलिजेन्सले गुप्तचरीबारे सार्वजनिक टिप्पणी गर्दैन । तथापी, यस सार्वजनिक स्वास्थ संकटका दौरान पारदर्शीता अपनाउनका लागि हामी यो पुष्टि गर्छौ कि कोरोना भाइरससँग सम्बन्धित तथ्य नोभेम्बरमै नेशनल सेन्टर फर मेडिकल इन्टेलिजेन्सले पत्ता लगाएको वा सार्वजनिक गरेको व्यहोरा साँचो होइन । त्यस्तो केही भएको छैन,’ उनले भने । 

–सीएनएनबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप