बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कैलाली र कञ्चनपुरमा ६६ जनाको -यापिड टेस्ट, सबैको नतिजा नेगेटिभ

बिहीबार, २७ चैत २०७६, १६ : ३२
बिहीबार, २७ चैत २०७६

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमित भेटिएको कैलाली र कञ्चनपुर जिल्लामा -यापिड डायगोनिस्टिक टेस्ट (आरडीटी) परीक्षण शुरु गरेको छ । दुई जिल्लामा हालसम्म ६६ जनाको नमूना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार द्रुत गतिमा परीक्षण गर्नका लागि अहिले हरेक प्रदेशलाई ५ हजारको दरले कीट उपलब्ध गराइएको छ । उपत्यका सहित १० स्थानमा कोभिड–१९ को परीक्षण भइरहेको छ ।

बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म २८९५ जनाको नमूना परीक्षण भएको जसमा उपत्यकामा २३८२ जना र बाहिर ५१३ जनाको नमूना परीक्षण गरिएको जानकारी दिए । यसमा १९३ जनाको नमूना परीक्षण भइरहेको उनले जानकारी दिए ।

त्यस्तै कूल १८० जनालाई रेड जोनमा राखेर उनीहरुको स्वास्थ्य स्थितिमा निगरानीमा राखिएको मन्त्रालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप