न्यूयोर्कमा कोरोनाभाइरस चीनबाट होइन, युरोपबाट भित्रियो
एक नयाँ अध्ययनले अमेरिकाको न्यूयोर्क सहरमा पहिलो संक्रमित फेला पर्नुभन्दा पहिले मध्य फेब्रुअरीबाट नै कोरोनाभाइरसको संक्रमण फैलिसकेको देखाएको छ । सो क्षेत्रमा एसियाभन्दा युरोपबाट आएका यात्रुहरुले भाइरसको संक्रमण फैलाएको उक्त अध्ययनमा उल्लेख गरिएको छ ।
‘अधिकांश युरोपियन थिए,’ यसबारे अध्ययन गरेका माउन्थ सिनाईस्थित इकान स्कूल अफ मेडिसिन जेनेटिक विज्ञ हार्म भान बाकेल भन्छन् ।
न्यूयोर्क विश्वविद्यालयको ग्रोसम्यान स्कूल अफ मेडिसिनको एक छुट्टै टोलीले गरेको अध्ययनमा पनि यस्तै निष्कर्ष निकालिएको छ । उनीहरुले छुट्टै केसहरुको अध्ययन गरेका थिए । दुवै टोलीले मध्य मार्चमा न्यूयोर्कका संक्रमितबाट लिएको कोरोनाभाइरसको जीनोम (genomes) को अध्ययन गरेका थिए ।
अध्ययनले शुरुवातमा नै ब्यापक परीक्षण गरेको भए लुकिरहेको संक्रमणलाई फेला पार्न सकिने पनि तथ्य औँल्याएको छ ।
गत जनवरी ३१ राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको यात्रा गरेका विदेशी नागरिकलाई मात्र अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका थिए ।
स्रोत : न्यूयोर्क टाइम्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल
-
पार्टी एमालेलाई बुझाएर प्रचण्ड राष्ट्रपति बन्छन् : रामकुमार शर्मा, पूर्वमाओवादी नेता
-
दोस्रो सातामा ‘महाजात्रा’
-
स्वास्थ्य सेवा अन्तर्गतका ११ जना अधिृकतलाई बढुवा गर्ने सरकारको निर्णय
-
संसद् अवरोध हटाउन दलहरूबिच छलफल हुन्छ : सभामुख घिमिरे