लकडाउनमा पनि अनमोलको दिनचर्या उस्तै
काठमाडौं । कोरोनाको त्रासमा सरकारले गरेको लकडाउनका कारण अहिले अधिकांश मानिस घरभित्र खुम्चिएर बस्न बाध्य छन् । त्यसरी घरभित्र बस्नेमा सर्वसाधारण, सेलिब्रेटीदेखि भिआइपीसम्म रहेका छन् । घरभित्र यसरी थुनिएर बस्नु पर्दाको समय धेरैले फिल्म तथा पुस्तकलाई साथी बनाएको समाजिक सञ्जाल तथा मिडियाबाट थाहा पाउन सकिन्छ । तर यो लकडाउनले अभिनेता अनमोल केसीलाई भने केही फरक परेको छैन । उनको दिनचर्या पहिले झै अहिले पनि उस्तै छ ।
किनभने ‘लकडाउन’ अगाडि पनि उनी यस्तै जीवन शैली अपनाउँदै आएका थिए ।अनमोल फिल्मको छायाँकन समय बाहेकको समय पहिले पनि घरबाट बिरलै निस्कन्थे । बिहान जिम गएर फर्केपछि उनको दिन घरको पर्खालभित्रै बित्ने गथ्र्यो ।
कोरोनाका कारण ‘ए मेरो हजुर ४’ को सुटिङ स्थगित भएपछि पोखरबाट काठमाडौ फर्किएका अनमोल यो समय एकदिन पनि घरबाट ननिस्किएको थाहा भएको छ । घरमै रहँदा फिल्म हेरेर र गीत सुनेर उनले दिन कटाउने गरेको आफन्तले बताए ।
यो समय उनी फिल्म हेर्ने, गीत सुन्नेको अलवा केही फिल्मका स्क्रिप्ट पनि अध्ययन गरिरहेका छन् । स्क्रिप्ट पढेर मात्र निर्माता निर्देशकलाई फिल्म अभिनय गर्ने नगर्ने उनी बताउँछन् । यस अगाडि केही फिल्ममा उनले वाइलाइन कथा सुनेको भरमा पनि साइन गरेका थिए । सोही कारण उनले कानुनी झमेलाको समेत सामना गर्नुपरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न