शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सडकका कुकुरलाई खान खुवाउँदै कोमल वलीले भनिन्– ‘घरको छाना र गेट बाहिर पनि केही राखिदिनुस् ’

बिहीबार, २७ चैत २०७६, १४ : ४७
बिहीबार, २७ चैत २०७६

काठमाडौं । सांसद तथा गायिका कोमल वलीले सडकमा रहेका घर बाहिरका पशुपन्छीलाई समेत केही दिन सबैलाई आग्रह गरेकी छन् । लकडाउनका कारण सडकमा भोकभोकै रहेका पशुपन्छीहरुको दयनीय अवस्था देखेर उनले सो अनुरोध गरेकी हुन् । 

स्नेहा केयरको साथमा काठमाडौंका विभिन्न स्थानमा पुगेर उनले बेवारिसे अवस्थाका कुकुरलाई खाना समेत खुवाएकी छन् । कोमलले सामाजिक सञ्जालमा कुकुरहरुलाई खाना खुवाएको केही तस्बिर शेयर गर्दै लेखेकी छन्, ‘पशुपंक्षीको जीवन पनि हाम्रो जतिको महत्वपूर्ण हो । यहाँहरुले पनि आफुले खाएर बचेको शुद्ध खानेकुरा छत तथा गेट बाहिर राखिदिए कोरोनाको कारण खान नपाएर कसैको ज्यान जाने थिएन ।’

उनले उक्त पोष्टमार्फत स्थानीय सरकारको ध्यान अहिलेको समय मानिसको अलवा बेवारिसे पशुपन्छीतिर पनि जानुपर्ने धारणा समेत राखेकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप