शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युएईबाट नेपाली कामदारको अपिलः कम्पनीले बेतलवी विदा दियो, अब कसरी बाच्ने ?

बिहीबार, २७ चैत २०७६, १४ : ३८
बिहीबार, २७ चैत २०७६

युएई – दुबईमा रोजगारीको सिलसिलामा पुगेका नेपालीहरु कोरोनाभाइरसको महामारी फैलिएसँगै विचल्लीमा पर्न थालेका छन् ।  एकातिर कोरोनाभाइरसको संन्त्रास अर्कोतर्फ कम्पनीले बेतलवी विदा दिएसँगै उनीहरु अवका दिन कसरी विताउने र रोजगारी गुम्ने डरले झनै विचलित छन् । 

युएईले यसबेला श्रमिक कटौती गर्ने र सम्बन्धित कम्पनीले चाहेमा उनीहरुलाई काम नभएको समय अवधि तलब नै नदिन समेत पाउने नियम लागु गरेको छ । रोजगारदाताले कामदारलाई कुनै सुविधा नदिने निर्णय गरिदिएमा नेपाली कामदार बसिरहन सक्ने स्थिती हुने छैन । उक्त निर्णयले गर्दा धेरैले रोजिरोटी गुमाएका छन्।। यसो भएमा नेपाली कामदारहरु ठूलो संख्यामा बेरोजगार भएर स्वदेश फर्किने स्थिती आउने निश्चित छ ।

मार्च महिनाबाट कम्पनीले बेतलवी विदा दिएकाले थप समस्यामा परेको यूएईस्थित एक होटलमा कार्यरत गोविन्द भट्ट बताउँछन् । उनी पाँचजना नेपाली साथीहरुसँगै विगत ३५ दिनदेखि सेल्फ क्वारेन्टाइनमा बस्दै आइरहेका छन् । होटल बन्द भएपछि उनीहरुलाई होटलले बस्ने व्यवस्था त गरिदिएको छ तर खानालगायत सम्पूर्ण व्यवस्था आफैले गर्नुपर्ने भएकाले समस्यामा परेको उनी बताउँछन् ।

लामो समयदेखि बाहिर ननिस्किएकाले अहिलेसम्म आफूहरु सुरक्षित रहेको र आफ्नो देश फर्कन चाहेको उनीहरु बताउँछन् । उनी भन्छन्, ‘नेपाल सरकारसँग हामी अपिल गर्न चाहन्छौं, लामो समयदेखि हामी सेल्फ क्वारेन्टाइनमा बसेकाले सुरक्षित छौं । अव विस्तारै हामीलाई खानालगायतको समस्या हुने छ अनि हामी कसरी बस्ने रु त्यसैले हामीलाई उद्धार गरेर स्वदेश फर्काइयोस् । हामी सम्पूर्ण सुरक्षा सतर्कताका नियमहरु पालना गर्न तयार छौं ।’

उनीहरुहले नेपाल फर्कने वातावरण बनाइदिन नेपाली दूतावासमा पनि बारम्बार अपिल गरे पनि नेपाल सरकारको निर्णय कुर्न बाहेक केही गर्न नसक्ने दूतावासले बताएको छ । साथै गैर आवासिय नेपाली संघ युएईले पनि नेपाल सरकारसँग खाडीमा रहेका नेपालीहरुको उद्धार गर्न बारम्बार आग्रह गर्दै आइरहेको छ । 

सर्वोच्च अदालतले पनि खान, बस्न र स्वास्थ्य उपचारको अभाव झेलिरहेका वा विपतमा परेका नेपाली नागरिकहरुको पहिचान गरि नेपाल फर्कन चाहनेलाई सम्बन्धित मुलुकसँग कुटनैतिक माध्यमबाट समन्वय गरि नेपाल ल्याउन व्यवस्था गर्न सरकारलाई आदेश दिइ सकेको छ ।

यो पनि पढौं 

हामी नेपाल फर्कन चाहान्छौं, सरकार !

तर नेपाल सरकारले भने ठूलो संख्यामा रहेका प्रवासी नेपालीलाई उद्धार गरेर स्वदेश ल्याउन र नेपालमै सरकारी क्वारेन्टाइनमा राख्न तत्काल सम्भव नभएको बताउँदै आएको छ । सरकारले विदेशमा रहेका नेपालीलाई आफू रहेकै स्थानमा सुरक्षित रहन भनेको छ । सरकारको यस्तो आग्रहसँगै रोजगारी नभएका र वेतलवी विदामा बस्न बाध्य नेपालीहरुमा भने झन निराशा बढेको छ ।

युएईमा संक्रमितको संख्या बढ्दो

युएईमा बुधवार ३०० जना नयाँ कोरोनाभाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । योसँगै युएईमा संक्रमितको संख्या २६५९ पुगेको छ । यसैगरी हिजो नै थप ५३ जनासँगै २३९ जनाले स्वास्थ्यलाभ गरेका छन् । हालसम्म युएईमा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

केहीदिन अघिसम्म ११ जना नेपाली संक्रमित मध्येबाट २ जना निको भएको र अन्य ९ जना समान्य अवस्थामा उपचाररत रहेको नेपाली दूतावासले जनाएको छ । 

यसैगरी कोरोनाबाट युएईमा एक जना नेपाली महिलाको मृत्यु भएको यहाँको स्थानीय प्रहरीको रिपोर्टमा उल्लेख गरिएपनि नेपाली दूतावास अबुधावीले औपचारिक जानकारी नआएको बताउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप