शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनको मारमा किसान

बिहीबार, २७ चैत २०७६, १३ : ४६
बिहीबार, २७ चैत २०७६

लकडाउनले कारण  दुध उत्पादन गर्ने ,कुखुरा उत्पादन गर्ने र तरकारी उत्पादन गर्ने किसानहरु यतिवेला ठुलो चिन्तामा परेका छन् । बजारमा तरकारीको अभाव छ तर किसानहरुको तरकारी बजारसम्म जान नपाउँदा कृषि फर्महरुमा काउली र साग फुल्न थालेका छन् । दुध उत्पादन गर्ने किसानहरु दुध बजारसम्म आउन नपाउँदा  भैँसीलाई नै दुध खुवाएर बस्नुपर्ने बाध्यतामा छन् । 

कुखुरा किसानहरु बोइलर हुर्केको पचास दिन बितिसक्दा पनि कुखुरा बेच्न नपाएर हैरानीमा बाँचिरहेका छन् । किसानहरुलाई हुर्केको कुखुरा बेच्न नपाउनुको तनाव त छदैछ , त्यो भन्दा ठुलो तनाब ति कुखुराहरुलाई खुवाउने दानाको छ ।

अरु बेला अठार सयमा पाउने दाना यो समय एक्काईस सय बढी तिर्नुपरेको छ । कास्कीको भरतपोखरीमा कुखुरा फर्म सञ्चालन गरीरहेका रमेश बास्तोलाले डिलरहरुले लकडाउनको  मौका छोपेर कुखुराको मुल्य घटाएको बताएका छन् । बास्तोला भन्छन्–‘समितिले तोकेको रेट प्रतिकिलो दुई सय छ तर व्यापारीहरुले प्रतिकिलो एक सय बीस भन्दा दिन्न भन्छन् । एकसय बीसमा दिने हो भने त खर्च पनि उठ्दैन । अझै केहि समय यहि अवस्था कायम रहिरह्यो भने कुखुरा खाल्डोमा गाड्नुपर्ने अवस्था छ ।

दानाको मूल्य पहिलाको भन्दा बढेको छ । कुखुरा ४० दिन कटेपछि बेच्न नसक्दा दानाको चिन्ता हुन्छ । हुर्केको कुखुरालाई दाना खुवाएर पाल्नु भन्दा खोल्डोमा गाड्नु ठिक हुन्छ । बैँकबाट पैसा लिएर सात सय कुखुरा हालियो । अहिलेको अवस्थामा त्यो तिर्न सक्ने अवस्था छैन । लकडाउनले गर्दा थुप्रै किसानहरु घाटामा छन् । ’

कास्कीको हेम्जामा रहेको देविस्थान कृषि सहकारीले १२ रोपनि क्षेत्रफलमा तरकारी खेति गरिरहेको छ । तर अहिले ती सवै तरकारी मलखातमा फाल्नुपर्ने अवस्था आएको सहकारीका व्यवस्थापक शालिकग्राम बाँस्तोलाले  बताए ।‘हामीले सिजनल तरकारी लगाउछौँ । अहिले फर्ममा सुप,चम्सुर,पालुङ्ग,मार्फा लगायतका सागहरु छन् । ति सबै सागहरुले डाँठ हालेका छन् । लगडाउनले हामीलाई डुवायो । पोखराको लेकसाइडलाई तार्गेट गरेर हामीले सलापत्ता लगाएका थियौँ । जुन विदेशीहरुले खाने सलादमा प्रयोग हुन्छ । अहिले दुइरोपनी हाराहारीमा लगाइएको छ । यो समय त्यो सागको मुल्य प्रतिमुठा सय पथ्र्यो । तर अहिले बारीमा नै फुलेर बसेको छ । धनियाँ पनि बारीमा नै फुलेको छ । काउली र ब्रो काउली पनि फुलेका छन् । तरकारीलाई फाल्नुभन्दा पनि नसक्नेहरुलाई बाडौँ भनेर हामीले अस्ति पन्ध्र नम्बर वडामा लगेर बाड्यौँ ।’

तरकारी खेती गर्ने सबै किसानहरुको अवस्था उस्तै छ । बजारमा तरकारी छैन तर किसानको खेतमा कौडीको भाउमा तरकारी छ । अहिले बजारमा काउली प्रति केजी ८० छ तर किसानको खेतमा बढीमा १० रुर्पयाँ पर्छ । साग बजारमा ५० रुपैयाँ मुठा पर्छ किसानको खेतमा ८ रुपैयाँ मुठामा पाईन्छ । धनिया ठुलो मुठाको बजारमा ७० पर्छ किसानले ८ रुपैयाँ मुठा बेच्छन् । 

बजारमा ताजा तरकारीको अभाव भएको स्थानीय सरकारले व्यवस्थापन गर्न सक्ने भने किसानहरुले भैसिलाई दुध खुवाउन पर्ने , बोइलर कुखुरा खाल्डोमा गाड्नुपर्ने  र तरकारीलाई मलखातमा फाल्नुपर्ने अवस्था आउने थिएन ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप